वैज्ञानिकले फेला पारे पृथ्वीको अर्को चन्द्रमा
१८ जेठ, काठमाडौँ । वैज्ञानिकहरूले चन्द्रमाकै जस्तो गुण भएको एक नयाँ बाह्य ग्रह फेला पारेका छन् । हालै वैज्ञानिकहरूले सम्पन्न गरेको एक अध्ययनले पृथ्वीको एक अर्को चन्द्रमा वा कम्तीमा अर्धचन्द्रमा रहेको खुलासा गरेको हो । जसको नाम २०२३ एफडब्लू १३ राखिएको छ । यसले पृथ्वी र सूर्य दुवैको परिक्रमा गर्छ । तर गुरुत्वाकर्षण बलअन्तर्गत यसलाई सूर्यले आफूतर्फ तान्छ ।
यस चन्द्रमालाई हवाइस्थित हलेकाला भोलकानोमा अवस्थित प्यान–स्टार्रस टेलिस्कोपको प्रयोग गर्ने विशेषज्ञले पत्ता लगाएका हुन् । उनीहरूको विश्वास छ कि यो पृथ्वीसँग ईसापूर्व कालदेखि छ, र अझै कम्तीमा १५ सय वर्ष पृथ्वीसँगै हुनेछ ।
यसअघि सन् २०१६ मा ४६९२१९ नामक पृथ्वीको अर्धचन्द्रमा फेला परेको थियो । अहिले पत्ता लागेको चन्द्रमा र उक्त अर्धचन्द्रमा दुवै पृथ्वीका लागि कुनै हानिकारक नभएको वैज्ञानिकहरूले बताएका छन् ।
खगोललविद् टोनी डोनका अनुसार फेला परेको चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउन ३६५.४२ दिन लगाउँछ । हामीसँग पहिले भएको चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउने समयभन्दा यो धेरै हो । उपलब्ध पहिलो चन्द्रमाले २७ दिन ६ घण्टामा पृथ्वीको एक फन्को लगाउने गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply