नागरिकता नपाउँदाको पीडा मलाई साँच्चीकै थाहा छ : रवि लामिछाने
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले नागरिकता विधेयकमा जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाका सन्तानले नागरिकता पाउने प्रक्रियामा विभेद गरिएको बताएका छन् ।
आज (बिहीबार) संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै रास्वपा सांसद लामिछानेले एकल महिलाका सन्तानले नागरिकता पाउने प्रक्रिया गलत भएको बताए । उनले नागरिकता विधेयकका बारेमा नभइ वैवाहिक अंगिकृतका बारेमा मात्रै पार्टीले छलफल गर्न खोजेको बताएका छन् । एकल आमाहरुका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान गलत भएको उनको भनाइ छ ।
उनले भने, जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल महिलाका सन्तानको नागरिकताको अधिकार समान हुनुपर्छ । मात्र वैवाहिक अंगिकृतका बारेमा मौन रहेकाले यसबारे छलफल गर्न खोजिएको हो । एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान हाम्रा आमा दिदीबहिनीको आत्मसम्मान विपरीत छैन यो ?
उनले नागरिकता नपाउनुको वास्तविक पीडा आफूले भोगेको बताए ।
उनले नागरिक विधेयक गलत बाटोबाट प्रमाणीकरण भएको आपत्ति जनाए । ‘जसरी जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा आपत्ती यति मात्रै हो । गलत बाटोबाट गएकाले गलत मानिसको पुत्ता जलाइएको छ, उनले भने, विधेयक संसदमा आएको भए छलफल गथ्र्यौ ।
रास्वपा सभापति लामिछानेले नागरिकता विधेयकका सम्बन्धमा आफ्नो पार्टी कुनै समुदायको विरुद्धमा नलागेको स्पष्ट पारे। यस विषयमा जबरजस्ती विवादित कुरा उठाएर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको उनको भनाइ छ । उनले रास्वपा प्राकृति विपत्ति, वैदेशिक रोजगारीका समस्या र मिटर ब्याज जस्ता विषयमा आवाजविहीन मधेशी जनताको पक्षमा रहेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply