नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली
१० असार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ । आज केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उहाँले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट वभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन। त्यसका पछाडिका कारणहरु के थिए। उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ । विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? वाह्य कारण कति थियो ? स्वचालित कति थियो ? परचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो ? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि गर्यौं भने त्यसले भविष्यलाई राम्रो हुन्छ ।’
अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि राम्रो हुने बताउनुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply