संसदमा आफ्नो फोटो नराखेको भन्दै उपसभामुख रानाको असन्तुष्टि
१६ असार, काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नो फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ६५औं संसद् दिवसको अवसरमा आज शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनधद्दले संसदमा सभामुखको मात्रै फोटो राखेकोप्रति असन्तुष्टि जनाएकी हुन् ।
केही समयअघि सिङ्गापुरको संसद्को भ्रमण गर्दा विगतदेखि वर्तमानसम्मका सभामुखको फोटो राखेको देखेको बताउँदै उनले नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । उनले संसदमा उपभासमुखप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाइन् ।
उनले भनिन्, केही समयअघि म सिङ्गापुर गएको थिएँ । डब्ल्युटीओको कन्फ्रेन्समा । त्यहाँ संसद् भ्रमण गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखले कस्तो टोपी लगाउनु हुन्थ्यो, कस्तो लुगा लगाउनु हुन्थ्यो ? अहिलेका सभामुखले कस्तो लगाउनु हुन्छ ? त्यो विकास क्रमअनुसार राखिएको छ, अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै सभामुखको फोटो राखिएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो लाग्छ । यो कुरा मनन गर्नुपर्छ । उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताएकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply