कोटेश्वरमा दुई घन्टा वार्तालाप
काठमाडौं । एमाले अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न मंगलबार बिहान कोटेश्वर पुग्नुभएका केपी ओलीको कुरा पुरानै थियो– ‘मलाई सहयोग गर्नूस् ।’ जवाफ पनि उहाँले पुरानै पाउनुभयो– ‘सहयोग गर्न तयार छु ।’
गत महिना सम्पन्न महाधिवेशनमा अध्यक्षमा भिडेका यी दुई नेताबीच त्यसयता एक्लाएक्लै कुरा भएको कोटेश्वरमा …
थिएन । अध्यक्ष ओलीलाई एकातिर पार्टीमा आफ्नै गुटको चित्त बुझाउन गाह्रो परिरहेको छ भने अर्कातिर हाराहारीको शक्तिका साथ रहेका नेता नेपालसँग पनि सन्तुलन गर्नुछ । ‘म फेरि अध्यक्ष उठ्ने होइन’– ओलीले सार्वजनिक रूपमा भन्दै आएको कुरा दोहोर्याउनुभयो– ‘त्यसैले गुटबन्दी गर्दिनँ ।’ जवाफमा नेता नेपालले ‘आफ्ना लागि मात्र होइन, अरूका लागि पनि गुटबन्दी नगर्न’ सुझाव मात्र दिनुभएन, अध्यक्षबाटै यस्तो कुरा आउनुलाई ‘स्वागतयोग्य’ पनि भन्नुभयो । नेपालको भनाइ थियो– ‘धेरै कुरा व्यवहारबाट हेर्नुपर्छ । जिम्मेवारी पाउनुभएको छ, राम्ररी पूरा गर्नुहोस् ।’
अध्यक्ष ओलीले सहयोगका लागि आग्रह गरेपछि नेता नेपालले भन्नुभयो– ‘मैले तत्कालै सार्वजनिक रूपमा वक्तव्य निकालेरै सहयोग गर्ने वचन दिएको छु, चुनाव जित्नासाथ तपाईंलाई बधाई दिँदा पनि त्यही कुरा गरेको छु, त्यसपछिका भेटघाट र कार्यक्रमहरूमा पनि त्यही कुरा गरेको छु । मबाट पूरा सहयोग रहन्छ ।’ चुनावमा जित्ने पक्ष जिम्मेवार बन्नुपर्ने र हार्ने पक्षलाई समेट्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘हार्ने पक्ष बढी संवेदनशील हुन्छ । त्यस संवेदनशीलतालाई तपाईंले राम्ररी बुझुनुहुनेछ भन्ने मैले ठानेको छु । बाँकी कुरा तपाईंको पहलमा भर पर्छ ।’
प्रतिवेदनप्रति ओली असहमत
महाधिवेशनबाट सर्वसम्मत रूपमा पारित भएको राजनीतिक प्रतिवेदनप्रति आफ्नो केही ‘रिजर्बेसन’ रहेको कुरा अध्यक्ष ओलीले उक्त अवसरमा खोल्नुभएको थियो । ‘त्यसमा केही कुरा मिलेका छैनन्, मिलाउनुपर्छ’– उहाँको भनाइ थियो । जवाफमा नेता नेपालले ‘महाधिवेशनबाट पारित प्रतिवेदनमा त्यसरी छलफल गर्न नमिले पनि तपाईंको विचार के हो भनेर प्रश्न गर्नुभएको थियो ।
कार्यविभाजन नगर्ने योजना
यसैबीच, ओलीले पहिलो बैठकले दोस्रो बैठकको कार्यविभाजन, स्थायी समिति र पोलिटब्युरो निर्माणलगायतका एजेन्डा तय गरे पनि त्यसमा निर्णय नगर्ने कुरा गर्नुभएको छ । उहाँले तत्कालका लागि कामचलाउ किसिमले केही केन्द्रीय सदस्यलाई जिम्मेवारी दिए पनि सबै कुरा हेरेर बाँकी कार्यविभाजन गर्ने कुरा पनि नेपाललाई बताउनुभएको थियो । अहिलेलाई सचिवालय बनाउने र त्यसैलाई कामको जिम्मा दिने प्रस्ताव ओलीको थियो । जवाफमा नेता नेपालले ‘अरू सक्नुहुन्न भने पनि पदाधिकारी मात्रै राखेर स्थायी समिति चाहिँ निर्माण गरिहाल्नूस्, त्यसबाट पार्टी संस्थागत रूपमा चल्छ’ भन्ने सुझाव दिनुभएको थियो ।
बिहान नौ बजे कोटेश्वर पुग्नुभएका अध्यक्ष ओली दुई घन्टा त्यहाँ बसेर ११ बजे बाहिरिनुभएको थियो ।
One response to “कोटेश्वरमा दुई घन्टा वार्तालाप”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
This is a good news. Talk was balance>