‘अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने सरकारको नीतिले चरम आर्थिक संकट’
१३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना नहुने बताएका छन् । बलियो राज्य निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य रहेको उनले बताए ।
‘लामो समय नेपालका राजनीतिक दलहरुले राज्यसत्ताविरुद्ध संघर्ष गर्नु परेका कारणले नेपाली समाज राज्यसत्ताको विपक्षी जस्तो बन्न पुगेको छ । नेपाल राष्ट्रको विकास र समृद्धिका लागि राज्य हाम्रो हो भन्ने साझा मनोविज्ञानको विकास जरुरी छ । आज शनिबार सामाजिक सञ्जालमार्फत उनले भने, ‘वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना रहँदैन । त्यसैले बलियो राज्यको निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य छ ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिन प्रतिदिन कमजोर भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालीको मौलिक संस्कृतिमा भइरहेको विघटनले राज्यलाई थप कमजोर बनाइरहेको छ । उनले वर्तमान सरकारको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिले चरम आर्थिक संकट सिर्जना भएको उल्लेख गरे । उनले सरकारकै कारण देशबाट ठूलो संख्यामा नागरिकहरु वैदेशिक रोजगारीमा पलायन भइरहेको उल्लेख गरे ।
जबसम्म हामीले मुलुकभित्रको श्रमशक्तिलाई उद्यमशीलता र रोजगारीका माध्यमवाट राष्ट्रनिर्माणको काममा लगाउन सक्तैनौ तबसम्म विकास र समृद्धिको कुरा कोरा कल्पना मात्र हुनेछ। महासचिव पोखरेलले भनेका छन्, ‘आउनुहोस् विकास र समृद्धिको वाटोमा मुलुकलाई कसरी अघि वढाउन सकिन्छ विषयमा केन्द्रीत भएर राजनीतिक विमर्श गरौ । सही राजनीति नै समग्र नीतिहरुको नीति हो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply