आज मन्त्रिपरिषद हेरफेर गरिंदै , जनमतकी अनितादेवीलाई सरकारमा ल्याइँदै
२८ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । माओवादी केन्द्रका एक जना मन्त्री हटाएर सीके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन् ।
२५ सदस्यीय मन्त्रिपरिषदमा जनमत सहभागी हुन एक जना मन्त्री हट्नै पर्नै हुन्छ । प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी अगाडि बढाएका छन् । ‘आज मन्त्रिपरिषद् हेरफेरको तयारी छ । प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा ल्याउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘माओवादीका को मन्त्री हट्छन् अध्यक्ष ज्यूले भनिसक्नु भएको छैन । उहाँको मनमै छ ।
जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ । जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो । तर, मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply