विभिन्न सरकारी निकायमा ६ सय ५८ अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत
७ भदौं, काठमाडौं । सरकारले विभिन्न निकाय र योजनाका लागि ६ सय ५८ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
गत साउन ३० र यही भदौ ६ गते बसेका दुईवटा मन्त्रिपरिषद्को बैठकबाट ती अस्थायी दरबन्दी स्वीकृत गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्ता छन् दुईवटा मन्त्रिपरिषद् बैठकका २९ निर्णय
उनका अनुसार ती सबै दरबन्दी राजपत्रांकित अर्थात अधिकृत तहभन्दा माथिका रहेका छन्। सबैभन्दा धेरै अस्थायी दरबन्दी सहरी विकास मन्त्रालयअन्तर्गत स्वीकृत भएका छन्। सहरी विकासले चालु आर्थिक वर्षका लागि ४६८ जना अस्थायी कर्मचारीका लागि दरबन्दी स्वीकृत गराएको हो।
कुनमा कति दरबन्दी स्वीकृत?
सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजना लगायतका निकायहरुको आर्थिक वर्ष २०८०/८१ का लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने।
चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निकायहरुका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत २०८०/८१ का लागि सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भूपरिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ३८ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना र सो आयोजनाअन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाईहरुका लागि आवश्यक १९ वटा राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि सरकारले ५८ जना राजपत्राङ्कित कर्मचारीको दरबन्दी स्वीकृत गर्ने।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply