कांग्रेसको इशारामा अख्तियार
काठमाडौं । नेपाली कांग्रेसले सत्ता र शक्तिको दुरुपयोग गर्दै राज्यका विभिन्न संयन्त्र प्रयोग गरेर सत्ता सहयात्री दल एमालेनिकट कर्मचारीलाई अनावश्यक दु:ख दिने काम तीव्र बनाएको छ । यो कामका लागि उसले सबैभन्दा प्रभावकारी संयन्त्रका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गरेको छ ।
आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की आउनासाथ उनले सुरुमै आयोगकै एमाले निकट कर्मचारीलाई नियोजित रूपमा हटाएका थिए । त्यसो गर्दा अरू सरकारी कार्यालयमा एमालेनिकट कर्मचारीलाई दु:ख दिन सजिलो हुन्छ भन्ने उनको रणनीति बल्ल प्रस्ट हुँदै गएको छ । ठूला–ठूला आर्थिक कारोबार र लेनदेनका खेल हुने सम्पत्ति शुद्घीकरण, भन्सार, वैदेशिक रोजगार जस्ता कार्यालयमा छापा मारेर अनुसन्धान गर्नु त आयोगको राम्रो कदम हो, तर आयोगका पछिल्ला गतिविधि त्यतिमा मात्र सीमित छैनन् ।
पछिल्लो समयमा आयोगले जुन–जुन कार्यालयका कर्मचारीको सम्पत्ति छानबिनको प्रक्रिया अगाडि बढाएको छ, त्यहाँ एकातिर ठूलो स्तरका आर्थिक चलखेल हुँदैनन् भने अर्कातिर अधिकांश एमाले निकटहरू नै छन् । भर्खरै मात्र आयोगले कृषि विकास बैंकका कर्मचारीलाई सम्पत्ति बुझाउन फोनमार्फत आदेश दिएको छ । बैंकमा सयौं कर्मचारी कार्यरत छन् तर उसले दु:ख दिनकै लागि यस्तो निर्देशन एमालेनिकट कर्मचारी संघमा आबद्घ व्यक्तिहरूलाई मात्र दिएको छ । संघमा आबद्घ ४० कर्मचारीमध्ये एक/दुई जनाबाहेक सबैलाई सात दिनभित्र सम्पत्ति विवरण बुझाउन अयोगले निर्देशन गरेको छ । गत बिहीबारदेखि आयोगका कर्मचारीले भटाभट फोन गर्दै यस्तो निर्देशन दिएको र त्यो क्रम अझै जारी रहेको बताइन्छ । एमाले निकटलाई मात्र त्यसो गर्नुले अयोगको नियत र ऊ कसको इशारामा चलेको छ भन्ने छर्लंग हुन्छ ।
यसअघि नेपाल राष्ट्र बैंकमा पनि आयोगले एमालेनिकट कर्मचारीलाई नै छानी–छानी सम्पत्ति छानबिन गर्ने, बैंक खाता रोक्का गर्ने जस्ता काम गरेको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply