कांग्रेसको इशारामा अख्तियार
काठमाडौं । नेपाली कांग्रेसले सत्ता र शक्तिको दुरुपयोग गर्दै राज्यका विभिन्न संयन्त्र प्रयोग गरेर सत्ता सहयात्री दल एमालेनिकट कर्मचारीलाई अनावश्यक दु:ख दिने काम तीव्र बनाएको छ । यो कामका लागि उसले सबैभन्दा प्रभावकारी संयन्त्रका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गरेको छ ।
आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की आउनासाथ उनले सुरुमै आयोगकै एमाले निकट कर्मचारीलाई नियोजित रूपमा हटाएका थिए । त्यसो गर्दा अरू सरकारी कार्यालयमा एमालेनिकट कर्मचारीलाई दु:ख दिन सजिलो हुन्छ भन्ने उनको रणनीति बल्ल प्रस्ट हुँदै गएको छ । ठूला–ठूला आर्थिक कारोबार र लेनदेनका खेल हुने सम्पत्ति शुद्घीकरण, भन्सार, वैदेशिक रोजगार जस्ता कार्यालयमा छापा मारेर अनुसन्धान गर्नु त आयोगको राम्रो कदम हो, तर आयोगका पछिल्ला गतिविधि त्यतिमा मात्र सीमित छैनन् ।
पछिल्लो समयमा आयोगले जुन–जुन कार्यालयका कर्मचारीको सम्पत्ति छानबिनको प्रक्रिया अगाडि बढाएको छ, त्यहाँ एकातिर ठूलो स्तरका आर्थिक चलखेल हुँदैनन् भने अर्कातिर अधिकांश एमाले निकटहरू नै छन् । भर्खरै मात्र आयोगले कृषि विकास बैंकका कर्मचारीलाई सम्पत्ति बुझाउन फोनमार्फत आदेश दिएको छ । बैंकमा सयौं कर्मचारी कार्यरत छन् तर उसले दु:ख दिनकै लागि यस्तो निर्देशन एमालेनिकट कर्मचारी संघमा आबद्घ व्यक्तिहरूलाई मात्र दिएको छ । संघमा आबद्घ ४० कर्मचारीमध्ये एक/दुई जनाबाहेक सबैलाई सात दिनभित्र सम्पत्ति विवरण बुझाउन अयोगले निर्देशन गरेको छ । गत बिहीबारदेखि आयोगका कर्मचारीले भटाभट फोन गर्दै यस्तो निर्देशन दिएको र त्यो क्रम अझै जारी रहेको बताइन्छ । एमाले निकटलाई मात्र त्यसो गर्नुले अयोगको नियत र ऊ कसको इशारामा चलेको छ भन्ने छर्लंग हुन्छ ।
यसअघि नेपाल राष्ट्र बैंकमा पनि आयोगले एमालेनिकट कर्मचारीलाई नै छानी–छानी सम्पत्ति छानबिन गर्ने, बैंक खाता रोक्का गर्ने जस्ता काम गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply