आज निजामती सेवा दिवस
२२ भदौ,काठमाडौं । निजामती सेवा दिवस विविध कार्यक्रमसाथ मनाइँदैछ । सरकारले २०६२ सालदेखि हरेक वर्षको भदौ २२ गते यो दिवस मनाउँदै आएको छ ।
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । तर, नियमित दिवस मनाउने प्रचलन पछिल्लो समयमा मात्र भयो ।
हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
निजामती दिवसका दिन सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत, सेवानिवृत्तलाई सम्मानसमेत गर्दै आएको छ । जसअनुसार यो वर्ष ४० जना कर्मचारी पुरस्कृत हुँदैछन् ।
हिजोमात्र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सदनमा पेश गर्ने क्याविनेटले निर्णय गरेको छ ।
यस वर्ष दिवसको नारा ‘व्यावसायिक सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ तय गरिएको छ । मुख्यसचिव बैकुण्ठ अर्यालले निजामती सेवालाई समयानुकूल सुधार्दै देश र जनताको हितप्रति प्रतिबद्ध, समर्पित र उत्प्रेरित तुल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply