अध्यक्ष ओली ‘छिट्टै’ दिल्ली जाने
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली छिमेकी मुलुक भारततर्फ जान लाग्नुभएको छ । दुई साताअघि सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किनुभएका ओली स्वास्थ्य परीक्षणकै लागि त्यता जान लागेको बताइएको छ ।
‘हो, छिट्टै दिल्ली जाँदै हुनुहुन्छ’– ओलीका स्वकीय सचिव रमेश आचार्यले भने– ‘तर कुन दिन जाने भन्ने तय भएको छैन ।’ उनका अनुसार, नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली जान लाग्नुभएको हो । सात वर्षअघि अपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएका ओलीको म्याक्स अस्पतालमा ‘फलोअप’ परीक्षण हुने गरेको छ । पछिल्लो समयमा हातमा देखा परेको फङ्गलले उहाँलाई दु:ख दिइरहेको छ ।
सातबुँदे समहति अनुसार राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन गर्नुका साटो कांग्रेसले ‘सरकार छोडे हुन्छ’ भन्दै एमालेलाई अपमानित गर्न थालेको बेला हुन लागेको ओलीको दिल्ली यात्राबाट कांग्रेस वृत्तमा हल्लाखल्ला मच्चिएको छ । एकातिर प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्यका कारण दैनिक कामकाज गर्न सकिरहनुभएको छैन भने अर्कातिर सहयात्री दलसँगको सहमति कार्यान्वयन नगरेर कांग्रेसले एमालेका लागि बाटो खुला गरिदिएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।
प्रधानमन्त्री कोइरालाको स्वाभाविक विकल्पमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई हेरिएको छ । तर, कांग्रेसभित्रैबाट शेरबहादुर देउवाले समेत भित्रभित्रै प्रयास तीव्र पारेको स्रोतको दाबी छ । त्यसका लागि उहाँले भारतसँग राम्रो सम्बन्ध रहेका भनेर मानिने कृष्णप्रसाद सिटौला, शेखर कोइराला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधिलगायतलाई परिचालन गरिरहेको स्रोतको बुझाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply