अध्यक्ष ओली ‘छिट्टै’ दिल्ली जाने
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली छिमेकी मुलुक भारततर्फ जान लाग्नुभएको छ । दुई साताअघि सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किनुभएका ओली स्वास्थ्य परीक्षणकै लागि त्यता जान लागेको बताइएको छ ।
‘हो, छिट्टै दिल्ली जाँदै हुनुहुन्छ’– ओलीका स्वकीय सचिव रमेश आचार्यले भने– ‘तर कुन दिन जाने भन्ने तय भएको छैन ।’ उनका अनुसार, नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली जान लाग्नुभएको हो । सात वर्षअघि अपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएका ओलीको म्याक्स अस्पतालमा ‘फलोअप’ परीक्षण हुने गरेको छ । पछिल्लो समयमा हातमा देखा परेको फङ्गलले उहाँलाई दु:ख दिइरहेको छ ।
सातबुँदे समहति अनुसार राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन गर्नुका साटो कांग्रेसले ‘सरकार छोडे हुन्छ’ भन्दै एमालेलाई अपमानित गर्न थालेको बेला हुन लागेको ओलीको दिल्ली यात्राबाट कांग्रेस वृत्तमा हल्लाखल्ला मच्चिएको छ । एकातिर प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्यका कारण दैनिक कामकाज गर्न सकिरहनुभएको छैन भने अर्कातिर सहयात्री दलसँगको सहमति कार्यान्वयन नगरेर कांग्रेसले एमालेका लागि बाटो खुला गरिदिएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।
प्रधानमन्त्री कोइरालाको स्वाभाविक विकल्पमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई हेरिएको छ । तर, कांग्रेसभित्रैबाट शेरबहादुर देउवाले समेत भित्रभित्रै प्रयास तीव्र पारेको स्रोतको दाबी छ । त्यसका लागि उहाँले भारतसँग राम्रो सम्बन्ध रहेका भनेर मानिने कृष्णप्रसाद सिटौला, शेखर कोइराला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधिलगायतलाई परिचालन गरिरहेको स्रोतको बुझाइ छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply