२ आश्विन २०८०, मंगलवार ०२:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दैलेखमा चट्याङ लागेर किशोरको मृत्यु, आठ जना घाइते
२ असोज,दैलेख । दैलेखमा चट्याङ लागेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा अरु आठ जना घाइते भएका छन् । महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार सोमबार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको हो ।
किशोरसँगै रहेका अन्य आठ जना चट्याङले घाइते भएका छन् । घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ । चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो । आठ जना घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply