बागमती प्रदेशको पदाधिकारीमा सिन्धुलीबाट खड्ग खत्री साझा उम्मेदवार
९ अशोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको जारी प्रथम अधिवेशनबाट एक पदाधिकारी पाउने अवस्थामा सिन्धुली जिल्लाले सर्वसम्मतरुपमा खड्ग खत्रीलाई उम्मेदवारकारुपमा अगाडी सार्ने भएको छ ।
अधिवेशनको उद्घाटन सत्र सकिएपछि वागबजारको हार्दिक होटलमा बसेको सिन्धुलीका अधिवेशन प्रतिनिधि तथा जिल्ला नेताहरुको भेलाले यो निष्कर्ष निकालेको हो । प्रदेश कमिटीका पाँच पदाधिकारीमध्ये खत्रीले उपसचिवमा दावी गर्दै आएका छन् ।
कमलामाइ नगरपालिकाको निवर्तमान प्रमुख खत्रीले अघिल्लो कार्यकालका लोकपिय मेयरको छबी बनाएका थिए । हाल एमालेको बागमती प्रदेश कमिटी सदस्य रहेका उनलाई पदाधिकारीमा ल्याउन पहल गर्ने साझा निष्कर्ष उक्त भेलाले निकालेको थियो । भेलामा सहभागी एक नेताका अनुसार भेलाले यस पटक जिल्लाका लागि एक पदाधिकारी लिनेमा पहल गर्ने र त्यसमा खत्रीको नाम अगाडी सार्ने कुरामा अनौपचारिक सहमति जुटेको छ ।
जारी अधिवेशनको हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । उद्घाटनको सम्बोधनका क्रममा अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धाका लागि ढोका बन्द नभएको तर प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा गए कार्वाही गरिने चेतावनी दिएका थिए ।
अधिवशेनको बन्द सत्र आजबाट शुरु हुदैछ । यो अधिवेशनमा प्रदेश कमिटीको अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल र हालका अध्यक्ष केशव पाण्डेले दावी प्रस्तुत गरेका छन् । अधिवेशनमा १३ जिल्लाका करिव १ हजार दुई सय प्रतिनिधि सहभागी छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित २४० सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply