΄मेरा कुरा काँटछाँट गरेर युट्युबमा विवादित बनाइयो’
२३ आश्विन, काठमाडौं । आफूले बोलेको कुरालाई काँटछाँट गरेर विवादित बनाइएको भन्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले त्यस्ता सामग्री बनाउनेमाथि कारबाहीको माग गरेका छन् ।
पन्तले इजरायलमा नेपाली विद्यार्थीको मृत्यु हुनुभन्दा अघि बेग्लै सन्दर्भमा बोलेको सैद्धान्तिक विषयलाई अहिले आएर केही युट्युब र सामाजिक सञ्जालमा आफू अनुकूल काटेर अनर्थ लगाई भाइरल बनाइएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
बेग्लै सन्दर्भमा बोलेका कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै नेता पन्तले टिकटक, युट्युब आदीमा भाइरल बनाइएका ती सामग्री तत्काल हटाउन माग पनि गरेका छन्।
पन्तले भनेका छन्– इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टीकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु। यस्तो काम गलत भएकोले यस्ता भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु।
पन्तले एक नेपालीले अर्को नेपालीको दुःखमा सहभागी भएर पीडामा मलहम लगाउनुपर्ने बेलामा व्यक्तिका भनाइलाई बङ्ग्याएर प्रस्तुत गरी भ्युज बढाउन खोज्ने अमानवीय कार्य भएको भन्दै तत्काल ती भिडिओ क्लिप हटाउन माग गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply