जातीय विभेद गरेको अभियोगमा वडाध्यक्षलाई कैद र जरिवाना
७ मंसीर, काठमाडौं । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद सजाय सुनाएको छ । सार्वजनिक पद धारणा गरेको व्यक्ति भएकाले थप ५० प्रतिशत सजाय तोकिएको छ ।
पोखरा–२४ का वडाध्यक्ष अधिकारी यसअगाडि धरौटीमा छुटेका थिए । गत माघ ९ गते एक लाख ५० हजार रुपैयाँ तिरेर धरौटीमा छुटेका अधिकारीविरुद्धको मुद्दामा अदालतले बिहीबार उनलाई साढे चार महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।
न्यायधीश अवनी मैनाली भट्टराइको एकल इजलासले पीडित वडा सदस्य मैया नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन समेत आदेश दिएको छ । वडाध्यक्ष अधिकारीले गएको वर्ष पुस १८ गते एक सार्वजनिक कार्यक्रममा सदस्य नेपालीमाथि जातीय विभेदजन्य गालीगलौज गरेका थिए । त्यसविरुद्ध नेपाली कानुनी प्रक्रियामा गएकी थिइन् ।
त्यसको पाँच दिनपछि कास्की प्रहरीले वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीमा नेपालीले दिएको जाहेरीमा अधिकारीलाई नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कारबाही गर्न माग गरिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply