नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नयाँ सरकार बनेपछि देशमा देखिएको निराशा हट्दै गएको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुलुकमा सुशासन स्थापित गर्नको लागि एमालेसँग मिलेको बताए ।
उनले भने, ‘नयाँ सरकार बनेको एक महिना भएको छ, यो सरकार मुलुकमा सुशासन स्थापित गर्न, दिगो शान्ति स्थापित गर्दै विकासलाई द्रुत गतिमा बढाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने महत्वपूर्ण उद्देश्यले बनेको छ ।’
उनले संसदमा रहेको दुई ठूला दल मिलेर सरकार बनाउने कुरा स्वभाविक नभएपनि देशलाई निकास दिन मिलेको बताए ।
उनले भने, ‘विगतमा हामीले मुलुको समस्या समाधान गर्नको लागि हामी मिलेका छौं । त्यहीअनुसार अहिले एक ठाउँमा उभिएका छौं । पछिल्लो समय हामीले राजनीतिक स्थितरता दिन सकेनौं । प्रधानमन्त्रीले तीन-तीन महिनामा संसदमा विश्वासको लिनुपर्ने, नयाँ नयाँ समीकरण बन्ने स्थिरता दिन नसेको स्थिति बन्यो सरकार अस्थिर हुँदा देशको सबै क्षेत्रमा समस्या आयो । विधिको शासनलाई ठीक ढंगमा बढाउन सकेन । मुलुक निराशातर्फ जान लागेको स्थिति भएपछि हामी मिल्यौं ।’
संविधान संशोधन, संघीयता लोकतान्त्रिक गणतन्त्रलाई सुदृण गर्नको लागि हुने बताए। नयाँ सरकार बनेपछि एक महिनामै टीआरसी विधेयक टुंग्याएको भन्दै राम्रो कामको सुरुआत भइसकेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply