बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
काठमाडौं । सरकारले महत्वपूर्ण निर्णय गर्दै अब देशभरका सरकारी अस्पतालहरूमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने तयारी गरेको छ।
यस निर्णयअनुसार, शनिबार र आइतबार ओपिडी सेवा पूर्ण रूपमा बन्द रहनेछ। तर आकस्मिक र अन्तरंग सेवा भने २४ सै घण्टा सञ्चालनमा रहनेछ।
स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा पेशागत संगठनको चर्को दबाबपछि सरकार यो निर्णय गर्न बाध्य भएको हो। स्वास्थ्यकर्मीहरूले लामो समयदेखि बढ्दो कार्यबोझ, मानसिक तनाव र समान अधिकारको माग गर्दै आएका थिए।
यसअघि सरकारले सबै सरकारी कर्मचारीलाई दुई दिन बिदा दिने निर्णय गरे पनि अस्पतालमा आइतबार ओपिडी खुला राख्ने निर्णयले असन्तुष्टि बढेको थियो। अन्ततः आन्दोलनको चेतावनीपछि सरकार पछि हटेको छ।
अब बिरामीहरूले सामान्य उपचारका लागि आफ्नो योजना मिलाउनुपर्ने भएको छ, किनकि सप्ताहन्तमा ओपिडी सेवा उपलब्ध हुने छैन।
सरकारले भने आकस्मिक सेवालाई अझ प्रभावकारी बनाउन तयारी थालेको जनाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply