मालपोतमा गोपालबाट गोलमाल
काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोपाल गिरीले अदालतको आदेश नै लत्याएर रोक्का गरिएको घरजग्गा फुकुवा गरी लाखौं खाने प्रपञ्च गरेको पीडितले आरोप लगाएका छन् । लाखौं रुपियाँ नजराना चढाएर उपत्यकाको सबैभन्दा बढी कमाइ हुने अड्डा डिल्लीबजार आएका उनी आएदेखि नै विवादमा पर्दै आएका छन् ।
उनले यति विकास बैंकसँगको मिलीभगतमा राजधानीको अति व्यस्त बालाजु क्षेत्रको आठ आना क्षेत्रफलमा बनेको करिब ८ करोड पर्ने घरजग्गा गुपचुपमा रोक्का खुलाएर दाखिल खारेज गर्न लागेको बुझिएको छ । त्यसका लागि यति विकास बैंक कालिमाटी शाखाका प्रबन्धक स्मृति राणा, बैंककै अन्य कर्मचारी लक्ष्मीनारायण पौडेल र सागर शर्मासँग मोलतोल भइसकेको स्रोतले बतायो । अदालतले विभिन्न मितिमा रोक्का रहेको श्रीसम्पत्ति सो बैंकको नाममा दाखिल खारेज गरेर पैसा कुम्ल्याउने योजना गरी अन्तिम तयारी गरिएको मालपोत स्रोतले बतायो ।
सोमबार मात्र पुनरावेदन अदालत पाटनले पनि विपक्षीको नाममा सो घरजग्गा ‘यथास्थितिमा राख्नू’ भनेर आदेश दिइसकेको बताइन्छ । तर, गिरी भने ‘सो आदेश आउँदै गर्छ, आफ्नो काम भने फत्ते गर्दै गरुँ’ भन्ने मनस्थितिमा पुगिसकेको मालपोतकै एक कर्मचारीले बताए । उनले ‘आदेश आइरहन्छ, त्यस्तो आदेश विगतमा पनि धोती लगाइएकै हो, अब पनि लगाइन्छ, हामीले दाखिल खारेज गर्ने सम्झौता गरिसकेका छौं, त्यसैले यो प्रक्रिया भएरै छोड्छ’ भनेर ठाडो जवाफ दिने गरेको पीडितले गुनासो गरे । पीडितको पक्ष लिएर एक कानुन व्यवसायी ‘हाकिमसाब अदालतको आदेश राम्रोसँग पढ्नुस्’ भन्दै गिरीकोमा पुग्दा उनले ‘हामीलाई तपाईंले सिकाउनु पर्दैन, वकालत यहाँ होइन अदालतमा गएर गर्नुस्, यो मेरो डिसिजन हो’ भन्दै हप्काएको ती वकिलले बताए । उनले नियमले मिल्दैन हजुर भन्दा आफ्नै कार्यालयका मुद्दा फाँटका अधिकृत कृष्णप्रसाद शर्मालाई पनि ‘तपाईं हाकिम कि म’ भन्दै हकारेका थिए ।
यता, सो प्रकरणमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सचिव सर्वज्ञराज पौडेल पनि मुछिएको बताइन्छ । उनले १ लाख ५० हजार रुपियाँ घुस खाएर घर, बाटो र कर चुक्ताको सिफारिस गरेको बताइन्छ । रोक्का जग्गाको वास्तविक धनी अन्यत्रै हुँदा उनकै नाममा किर्ते निवेदन र सोको आधारमा सिफारिस गरेर मालपोत कार्यालयलाई निर्णय लिन सजिलो पारिदिएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply