मालपोतमा गोपालबाट गोलमाल
काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोपाल गिरीले अदालतको आदेश नै लत्याएर रोक्का गरिएको घरजग्गा फुकुवा गरी लाखौं खाने प्रपञ्च गरेको पीडितले आरोप लगाएका छन् । लाखौं रुपियाँ नजराना चढाएर उपत्यकाको सबैभन्दा बढी कमाइ हुने अड्डा डिल्लीबजार आएका उनी आएदेखि नै विवादमा पर्दै आएका छन् ।
उनले यति विकास बैंकसँगको मिलीभगतमा राजधानीको अति व्यस्त बालाजु क्षेत्रको आठ आना क्षेत्रफलमा बनेको करिब ८ करोड पर्ने घरजग्गा गुपचुपमा रोक्का खुलाएर दाखिल खारेज गर्न लागेको बुझिएको छ । त्यसका लागि यति विकास बैंक कालिमाटी शाखाका प्रबन्धक स्मृति राणा, बैंककै अन्य कर्मचारी लक्ष्मीनारायण पौडेल र सागर शर्मासँग मोलतोल भइसकेको स्रोतले बतायो । अदालतले विभिन्न मितिमा रोक्का रहेको श्रीसम्पत्ति सो बैंकको नाममा दाखिल खारेज गरेर पैसा कुम्ल्याउने योजना गरी अन्तिम तयारी गरिएको मालपोत स्रोतले बतायो ।
सोमबार मात्र पुनरावेदन अदालत पाटनले पनि विपक्षीको नाममा सो घरजग्गा ‘यथास्थितिमा राख्नू’ भनेर आदेश दिइसकेको बताइन्छ । तर, गिरी भने ‘सो आदेश आउँदै गर्छ, आफ्नो काम भने फत्ते गर्दै गरुँ’ भन्ने मनस्थितिमा पुगिसकेको मालपोतकै एक कर्मचारीले बताए । उनले ‘आदेश आइरहन्छ, त्यस्तो आदेश विगतमा पनि धोती लगाइएकै हो, अब पनि लगाइन्छ, हामीले दाखिल खारेज गर्ने सम्झौता गरिसकेका छौं, त्यसैले यो प्रक्रिया भएरै छोड्छ’ भनेर ठाडो जवाफ दिने गरेको पीडितले गुनासो गरे । पीडितको पक्ष लिएर एक कानुन व्यवसायी ‘हाकिमसाब अदालतको आदेश राम्रोसँग पढ्नुस्’ भन्दै गिरीकोमा पुग्दा उनले ‘हामीलाई तपाईंले सिकाउनु पर्दैन, वकालत यहाँ होइन अदालतमा गएर गर्नुस्, यो मेरो डिसिजन हो’ भन्दै हप्काएको ती वकिलले बताए । उनले नियमले मिल्दैन हजुर भन्दा आफ्नै कार्यालयका मुद्दा फाँटका अधिकृत कृष्णप्रसाद शर्मालाई पनि ‘तपाईं हाकिम कि म’ भन्दै हकारेका थिए ।
यता, सो प्रकरणमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सचिव सर्वज्ञराज पौडेल पनि मुछिएको बताइन्छ । उनले १ लाख ५० हजार रुपियाँ घुस खाएर घर, बाटो र कर चुक्ताको सिफारिस गरेको बताइन्छ । रोक्का जग्गाको वास्तविक धनी अन्यत्रै हुँदा उनकै नाममा किर्ते निवेदन र सोको आधारमा सिफारिस गरेर मालपोत कार्यालयलाई निर्णय लिन सजिलो पारिदिएको बताइन्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply