स्वेच्छाचारी कदममा अंकुश
नेकपा (एमाले)को आन्तरिक जीवनकालमा सहमति, सहकार्य एवम् सामूहिक चिन्तन र संस्कृतिले सदैव स्थान पाउँदै आइरहेको यथार्थलाई कुनै पनि बिन्दु र कोणबाट अलग्याएर हेर्न कदापि सकिँदैन । आजपर्यन्त यो एमालेको जीवनपद्धतिको एउटा मुख्य अंश नै बनिसकेको छ । समयान्तरमा अनेक नेताहरूले पार्टीको बागडोर सम्हाले । नेतृत्वको सक्षमताको उपलब्धिस्वरूप नै लामो अवधिदेखि राष्ट्रिय राजनीतिलाई हरेक घटनाक्रममा प्रभावित तुल्याउने भूमिका एमालेबाट हुँदै आएको छ । नवौं महाधिवेशनको संघारसम्म आइपुग्दा पनि कहिले एकताका सुखद् पाटो र कहिले टुट, फुट र विभाजनका कहालीलाग्दा शृंखलाहरू पनि पार गर्न एमाले सक्षम ठहरियो । तथापि, एमालेको जीवन–यात्रामा यसले आर्जन गरेको प्रमुख सम्पत्ति भनेको सामूहिक नेतृत्व र त्यस नेतृत्वले मुख्य–मुख्य राजनीतिक घटना/परिघटनाहरूमा प्रदर्शन गरेका परिपक्व निर्णयहरू नै रहँदै आए । अहिले नेपाली राजनीतिमा एमालेले जुन साख कायम राखेको छ, जुन स्थान ओगटेको छ, ती सबै विगतमा एमाले नेतृत्वले देखाएको परिपक्व निर्णय एवम् सामूहिक नेतृत्वको उपज नै हो, उपलब्धि नै हो । अरू केही पनि होइन ।
नवौं महाधिवेशन समापन भएर नयाँ नेतृत्वले पार्टीको रथ हाँक्न थालेको पनि करिब चार महिना पुग्नै लागेको छ । तर, कस्तो विडम्बना सिर्जना हुन पुग्यो भने, त्यो रथलाई हाँक्ने रथाधिकारीले सन्तुलित ढंगले रथ चलाउनुपर्छ भन्ने मान्यता क्रमश: बिर्सदै गइरहेको अनुभूति तीव्र रूपमा भइरहेको छ । यो अवधिमा अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एमालेको आन्तरिक एकतालाई नै ध्वस्त तुल्याउने गरी एकलौटी, मनमौजी र मनोमालिन्य ढंगले पार्टीलाई सञ्चालन गर्न चाहेको स्पष्ट आभास हुन थालेको छ । त्यसका छिर्काछिर्काहरू यो अवधिमा अध्यक्षले चालेका केही एकलकाँटे कदमहरूले पनि प्रस्टै देखाउँछ । हिजोका दिनसम्म सामूहिक नेतृत्व र भावनामा चल्दै आइरहेको पार्टीलाई आफूले विरासतमा प्राप्त गरेको कुनै पारिवारिक गुठीजस्तो सम्झिने र त्यही अनुरूप नै पार्टीलाई सञ्चालन गर्न चाहने अध्यक्षको कार्यशैली लामो समयसम्म त नटिक्ला तर त्यो तीव्र आलोचनाको कठघरामा उभिनु परेको छ अहिले । र, यसले पार्टीभित्र नयाँ बहस प्रारम्भ पनि गरेको छ ।
६ दिनअघि प्रारम्भ भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षको कार्यशैलीलाई लिएर जुन–जुन विषयवस्तुको उठान गर्नुभएको छ, त्यो पार्टीको आन्तरिक जीवनलाई अझ सुदृढ, मजबुत र क्रियाशील तुल्याउने हेतुले उठाइएकोमा कुनै आशंका छैन । नेता नेपालले प्रस्टै शब्दमा भन्नुभएको छ– ‘महाधिवेशन जे जसरी सम्पन्न भएको भए पनि अब म सबैसँग सरसल्लाह गरेर काम गर्नेछु र सबैलाई समेटेर लैजान्छु भनेर उहाँले सार्वजनिक अभिव्यक्ति दिनु भएपछि मलाई खुसी लागेको थियो तर कामकारबाहीबाट पार्टीको आन्तरिक एकता बलियो पार्ने होइन कि त्यसलाई कमजोर पार्ने काम मात्र भएको छ ।’ अध्यक्षमा निर्वाचित भएपछि ओलीले जसरी पार्टी सञ्चालन गर्न थाल्नुभएको छ, कुनै पनि निर्णय गर्दा अरू वरिष्ठ नेताहरूसित छलफल गर्नुको साटो आफूखुसी एकलौटी ढंगले निर्णय गर्ने रहरलाई प्राथमिकतामा राख्न थाल्नुभएको छ । तसर्थ, अध्यक्षको कार्यशैलीलाई हेर्दा वरिष्ठ नेता नेपालले उठाउनुभएका प्रश्नहरूमा पूर्ण सत्यता मात्र रहेको छैन, दाम्लो चुँडाएर फुक्काफाल बाली माड्दै हिँड्ने गोरुलाई एक जना किसानले गोठमा अनुशासित हिसाबले बस्नका लागि जे प्रयत्न गर्छन्, त्यस्तै घटनाक्रमसित अहिलेको यो सवाललाई तुलना गर्दा सायदै अतिशयोक्ति नहोला ।
त्यसो त, एमाले अध्यक्ष ओलीको स्वेच्छाचारिताको ग्राफ दिन/प्रतिदिन उच्च दरले माथि उक्लिरहेकोमा आम कार्यकर्ताहरूमा चिन्ता र चासो उत्पन्न हुनु स्वाभाविकै हो । पार्टीलाई सामूहिक भावना, चिन्तन र परिपाटीले चलाउनुभन्दा स्वेच्छाचारी ढंगले चलाइन थालेपछि कुनै पनि तहका नेता एवम् कार्यकर्तामा चिन्ताले घर गर्नुलाई अन्यथा मान्न सकिँदैन । एउटा कुरा मान्न सकिन्छ, महाधिवेशनको बेला पार्टीमा गुटबन्दी थियो । अध्यक्षमा दुई जना नेता आफ्नो समूह नै खडा गरेर उभिएका थिए र झिनो मतान्तरले ओलीले अध्यक्ष जित्नुभयो । तर, अध्यक्ष जितेपछि ओलीमा कुनै पार्टीको अध्यक्ष नभएर देशकै प्रभावशाली पदमा निर्वाचित भएको आभास हुन थाल्यो र स्वाभाविक रूपमा उहाँमा दम्भको बिजारोपण भयो । र, महाधिवेशनका बेला बेग्लै कित्ताबाट उठेका आफ्नै पार्टीका सहकर्मीहरूमाथि स्नेह पोख्नुको साटो विरोधीलाई गर्नेजस्तो व्यवहार उहाँबाट प्रदर्शन हुन थाल्यो । लाग्छ, अहिले पनि महाधिवेशनकै बेलामा जस्तो पार्टीभित्र गुटबन्दी तीव्र छ र अरू समूहमा उभिएका नेता/कार्यकर्ताहरूलाई महाधिवेशनताकाकै जस्तो व्यवहार गर्नुपर्छ भन्ने मनोग्रन्थी उहाँमा मौजुद एवम् सक्रिय छ । यस्तो बेला, पार्टीका आम कार्यकर्ताहरूको भावनाको प्रतिनिधित्व गर्दै नेता नेपालले जुन विषयवस्तु उठाउनुभएको छ, त्यसले अध्यक्षको स्वेच्छाचारी चरित्रमा अंकुश लाग्ने र पार्टीको आन्तरिक एकतालाई सुदृढ, समृद्ध र अझ उच्च तुल्याउनेमा कसैले पनि दुईमत नराखे हुने देखिन्छ । ले०को आन्तरिक जीवनकालमा सहमति, सहकार्य एवम् सामूहिक चिन्तन र संस्कृतिले सदैव स्थान पाउँदै आइरहेको यथार्थलाई कुनै पनि बिन्दु र कोणबाट अलग्याएर हेर्न कदापि सकिँदैन । आजपर्यन्त यो एमालेको जीवनपद्धतिको एउटा मुख्य अंश नै बनिसकेको छ । समयान्तरमा अनेक नेताहरूले पार्टीको बागडोर सम्हाले । नेतृत्वको सक्षमताको उपलब्धिस्वरूप नै लामो अवधिदेखि राष्ट्रिय राजनीतिलाई हरेक घटनाक्रममा प्रभावित तुल्याउने भूमिका एमालेबाट हुँदै आएको छ । नवौं महाधिवेशनको संघारसम्म आइपुग्दा पनि कहिले एकताका सुखद् पाटो र कहिले टुट, फुट र विभाजनका कहालीलाग्दा शृंखलाहरू पनि पार गर्न एमाले सक्षम ठहरियो । तथापि, एमालेको जीवन–यात्रामा यसले आर्जन गरेको प्रमुख सम्पत्ति भनेको सामूहिक नेतृत्व र त्यस नेतृत्वले मुख्य–मुख्य राजनीतिक घटनारपरिघटनाहरूमा प्रदर्शन गरेका परिपक्व निर्णयहरू नै रहँदै आए । अहिले नेपाली राजनीतिमा एमालेले जुन साख कायम राखेको छ, जुन स्थान ओगटेको छ, ती सबै विगतमा एमाले नेतृत्वले देखाएको परिपक्व निर्णय एवम् सामूहिक नेतृत्वको उपज नै हो, उपलब्धि नै हो । अरू केही पनि होइन ।
नवौं महाधिवेशन समापन भएर नयाँ नेतृत्वले पार्टीको रथ हाँक्न थालेको पनि करिब चार महिना पुग्नै लागेको छ । तर, कस्तो विडम्बना सिर्जना हुन पुग्यो भने, त्यो रथलाई हाँक्ने रथाधिकारीले सन्तुलित ढंगले रथ चलाउनुपर्छ भन्ने मान्यता क्रमशस् बिर्सदै गइरहेको अनुभूति तीव्र रूपमा भइरहेको छ । यो अवधिमा अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एमालेको आन्तरिक एकतालाई नै ध्वस्त तुल्याउने गरी एकलौटी, मनमौजी र मनोमालिन्य ढंगले पार्टीलाई सञ्चालन गर्न चाहेको स्पष्ट आभास हुन थालेको छ । त्यसका छिर्काछिर्काहरू यो अवधिमा अध्यक्षले चालेका केही एकलकाँटे कदमहरूले पनि प्रस्टै देखाउँछ । हिजोका दिनसम्म सामूहिक नेतृत्व र भावनामा चल्दै आइरहेको पार्टीलाई आफूले विरासतमा प्राप्त गरेको कुनै पारिवारिक गुठीजस्तो सम्झिने र त्यही अनुरूप नै पार्टीलाई सञ्चालन गर्न चाहने अध्यक्षको कार्यशैली लामो समयसम्म त नटिक्ला तर त्यो तीव्र आलोचनाको कठघरामा उभिनु परेको छ अहिले । र, यसले पार्टीभित्र नयाँ बहस प्रारम्भ पनि गरेको छ ।
६ दिनअघि प्रारम्भ भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षको कार्यशैलीलाई लिएर जुन–जुन विषयवस्तुको उठान गर्नुभएको छ, त्यो पार्टीको आन्तरिक जीवनलाई अझ सुदृढ, मजबुत र क्रियाशील तुल्याउने हेतुले उठाइएकोमा कुनै आशंका छैन । नेता नेपालले प्रस्टै शब्दमा भन्नुभएको छ– ‘महाधिवेशन जे जसरी सम्पन्न भएको भए पनि अब म सबैसँग सरसल्लाह गरेर काम गर्नेछु र सबैलाई समेटेर लैजान्छु भनेर उहाँले सार्वजनिक अभिव्यक्ति दिनु भएपछि मलाई खुसी लागेको थियो तर कामकारबाहीबाट पार्टीको आन्तरिक एकता बलियो पार्ने होइन कि त्यसलाई कमजोर पार्ने काम मात्र भएको छ ।’ अध्यक्षमा निर्वाचित भएपछि ओलीले जसरी पार्टी सञ्चालन गर्न थाल्नुभएको छ, कुनै पनि निर्णय गर्दा अरू वरिष्ठ नेताहरूसित छलफल गर्नुको साटो आफूखुसी एकलौटी ढंगले निर्णय गर्ने रहरलाई प्राथमिकतामा राख्न थाल्नुभएको छ । तसर्थ, अध्यक्षको कार्यशैलीलाई हेर्दा वरिष्ठ नेता नेपालले उठाउनुभएका प्रश्नहरूमा पूर्ण सत्यता मात्र रहेको छैन, दाम्लो चुँडाएर फुक्काफाल बाली माड्दै हिँड्ने गोरुलाई एक जना किसानले गोठमा अनुशासित हिसाबले बस्नका लागि जे प्रयत्न गर्छन्, त्यस्तै घटनाक्रमसित अहिलेको यो सवाललाई तुलना गर्दा सायदै अतिशयोक्ति नहोला ।
त्यसो त, एमाले अध्यक्ष ओलीको स्वेच्छाचारिताको ग्राफ दिनरप्रतिदिन उच्च दरले माथि उक्लिरहेकोमा आम कार्यकर्ताहरूमा चिन्ता र चासो उत्पन्न हुनु स्वाभाविकै हो । पार्टीलाई सामूहिक भावना, चिन्तन र परिपाटीले चलाउनुभन्दा स्वेच्छाचारी ढंगले चलाइन थालेपछि कुनै पनि तहका नेता एवम् कार्यकर्तामा चिन्ताले घर गर्नुलाई अन्यथा मान्न सकिँदैन । एउटा कुरा मान्न सकिन्छ, महाधिवेशनको बेला पार्टीमा गुटबन्दी थियो । अध्यक्षमा दुई जना नेता आफ्नो समूह नै खडा गरेर उभिएका थिए र झिनो मतान्तरले ओलीले अध्यक्ष जित्नुभयो । तर, अध्यक्ष जितेपछि ओलीमा कुनै पार्टीको अध्यक्ष नभएर देशकै प्रभावशाली पदमा निर्वाचित भएको आभास हुन थाल्यो र स्वाभाविक रूपमा उहाँमा दम्भको बिजारोपण भयो । र, महाधिवेशनका बेला बेग्लै कित्ताबाट उठेका आफ्नै पार्टीका सहकर्मीहरूमाथि स्नेह पोख्नुको साटो विरोधीलाई गर्नेजस्तो व्यवहार उहाँबाट प्रदर्शन हुन थाल्यो । लाग्छ, अहिले पनि महाधिवेशनकै बेलामा जस्तो पार्टीभित्र गुटबन्दी तीव्र छ र अरू समूहमा उभिएका नेतारकार्यकर्ताहरूलाई महाधिवेशनताकाकै जस्तो व्यवहार गर्नुपर्छ भन्ने मनोग्रन्थी उहाँमा मौजुद एवम् सक्रिय छ । यस्तो बेला, पार्टीका आम कार्यकर्ताहरूको भावनाको प्रतिनिधित्व गर्दै नेता नेपालले जुन विषयवस्तु उठाउनुभएको छ, त्यसले अध्यक्षको स्वेच्छाचारी चरित्रमा अंकुश लाग्ने र पार्टीको आन्तरिक एकतालाई सुदृढ, समृद्ध र अझ उच्च तुल्याउनेमा कसैले पनि दुईमत नराखे हुने देखिन्छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply