पाँचै जिल्लामा नेपालको पकड
काठमाडौं । नेकपा (एमाले)को चार महिनाअघि सम्पन्न नवौं महाधिवेशनमा झिनो मतले अध्यक्षमा पराजित वरिष्ठ नेता माधवकुमार नेपाल जिल्ला अधिवेशनहरूमा भने बलियो देखिनुभएको छ । अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा नवौं महाधिवेशनमा जस्तै अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालका प्यानल चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । अहिलेसम्म पाँचथर, इलाम, रौतहट, सुर्खेत र बाँके गरी पाँच जिल्लाका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । जिल्ला अधिवेशनलाई प्रभावित पार्ने र नेतृत्व आफ्नो पक्षमा ल्याउने योजना मुताविक केन्द्रबाट सकेसम्म अध्यक्ष आफैं नत्र आफूनिकट प्रतिनिधि जिल्लामा पठाए पनि सबै जिल्लामा नेपालपक्षीय नेतृत्व निर्वाचित भएका छन् । इलाम र बाँकेमा अध्यक्ष ओली आफैं जानुभएको थियो भने सुर्खेत र ताप्लेजुङमा उपाध्यक्ष विद्या भण्डारीलाई पठाइएको थियो । रौतहटमा भने गृह जिल्ला भएका कारण नेपाल आफैं जानुभएको थियो ।
इलाममा राना
नेकपा (एमाले) इलामको अध्यक्षमा राम राना विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी गणेश बराललाई ६५ मतले पछि पार्दै राना विजयी हुनुभएको हो । रानाले एमाले वरिष्ठ नेता माधव नेपालनिकट मानिएको प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो भने बराल अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएको प्यालबाट अध्यक्ष भिड्नुभएको थियो । रानाले ३ सय ३३ मत पाउनुभएको थियो भने बरालले २ सय ६८ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा ओलीनिकट प्यानलका जयप्रकाश राईलाई पाखा लगाउँदै नेपालनिकटका भक्त केसी विजयी बन्नुभएको छ ।
केसीले ३३ सय ५० मत र राईले दुई सय २८ मत प्राप्त गर्नुभयो । सचिवमा महेश बस्नेत विजयी बन्नुभयो । कमिटीको उप–सचिवमा उमेश गुरुङ विजयी हुनुभएको छ । त्यस्तै, खुला सदस्यमा ओमनारायण खनाल उदय राई, कृष्ण श्रेष्ठ, खिनु लङ्वा लिम्बू, गणेशप्रसाद बराल, जसबहादुर लुंगेली, छवि श्रेष्ठ, टेकबहादुर राई, जयप्रकाश राई, जीतबहादुर राई, देवेन्द्र विश्वकर्मा, दीपेन्द्र खनाल, धिरेन्द्र चेम्जोङ, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल विजयी हुनुभयो ।
त्यस्तै, क्षेत्र नम्बर–१ को खुला सदस्यमा जेबी फिलिहाङ, यामबहादुर सुवेदी, रोमबहादुर लुंगेली मगर, क्षेत्र नम्बर–२ को खुला सदस्यमा किरणकुमार राई, लेखनाथ खनाल, सूर्यप्रसाद पोख्रेल, हरिवाला राई, क्षेत्र नम्बर–३ को खुला सदस्यमा कृष्णकुमार गुरुङ, दाताराम सञ्जेल, धनबहादुर गुरुङ, यामप्रसाद अधिकारी, यामबहादुर राई, क्षेत्र नम्बर–१ को महिला सदस्यमा देवी भारद्वाज, विष्णुमाया आचार्य, पवित्रादेवी अधिकारीे विजयी हुनुभएको छ । क्षेत्र नम्बर–२ को महिला सदस्यमा बिन्दू विश्वकर्मा, भीमा भट्टराई र सरु राई विजयी बन्नुभयो । क्षेत्र नम्बर–३ बाट इन्दिरा घिमिरे, तारा गुरुङ र शोभा पराजुली विजयी हुनुभएको छ । जनजाति महिलामा तेजमाया गुरुङ, रोजी राई विजयी बन्नुभयो । जनजाति सदस्यमा छत्र सुब्बा, छिरिङ मोक्तान, दीपकिशोर लिङ्दम, मनराज जबेगू विजयी बन्नुभएको छ । जनजाति वैकल्पिक सदस्यमा सदन राई, इलाम नगरपालिकाबाट बद्री खड्का, बुद्धिजीवी इलाकाबाट सूर्यप्रकाश सापकोटा विजयी बन्नुभयो । त्यस्तै, दलित सदस्यमा नवराज शंकर, कमल गदाल र ज्ञानेन्द्र लाम्गादे विजयी बन्नुभएको छ । दलित सदस्यमा १० जनाले उम्मेदवारी दिनुभएको थियो । लेखा समितिको संयोजकमा गोपाल नेपाल सर्वसम्मत हुनुभएको छ । अन्य दुई सदस्यका लागि भएको चुनावमा प्रकाश खनाल र नरेन्द्र खड्काले जित हासिल गर्नुभयो । त्यस्तै, सूर्योदय नगरपालिका क्षेत्रबाट हेम फागो, महिला सदस्यमा चित्रकला बराइली चुलाचुलीबाट नारायण लावती, पेसागतबाट श्याम घिमिरे, इनपा महिलामा द्रौपदा बस्नेत, क्षेत्र नम्बर–१ को वैकल्पिक महिला सदस्यमा दुर्गा भट्टराई, दलित महिलामा सावित्रा शिवा निर्विरोध चुनिनुभएको छ ।
सुर्खेतमा शाही
सुर्खेतको अध्यक्षमा नेता धु्रवकुमार शाही निर्वाचित हुनुभएको छ । मंसिर १ गते सम्पन्न मतगणनाको परिणाम अनुसार शाहीले २ सय ७७ मत प्राप्त गरेर आगामी ४ वर्षका लागि जिल्ला अध्यक्षमा निर्वाचित हुनभएको हो । उहाँले अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष नवराज रावतलाई ६० मतले पछि पार्दै विजयी हासिल गर्नुभएको हो । रावतले २ सय १७ मत प्राप्त गर्नुभएको थियो । शाही माधवकुमार नेपाल पक्षका हुनुहुन्छ भने पराजित रावत केपी ओली पक्षका हुनुहुन्छ ।
यस्तै जिल्ला कमिटीअन्तर्गत पदाधिकारीहरूमा शाही प्यानलले नै एकलौटी रूपमा विजय हासिल गरेको छ । उपाध्यक्षमा अमृत बीसी, सचिवमा मोहनसिंह बडुवाल, उपसचिवमा टोपबहादुर रास्कोटी निर्वाचित हुनुभएको छ । ६३ सदस्यीय जिल्ला कमिटीमा शाहीको प्यानलबाट पदाधिकारीसहित ३७ जना सदस्यहरू निर्वाचित भएका छन् पूर्ण जिल्ला कमिटी सदस्यहरूमा कमला शर्मा, दीपा चन्द मल्ल, पद्मा खड्का, डण्डीप्रसाद शर्मा, गगनसिं सुनार, टीकाराम शर्मा, खगेन्द्रप्रसाद पोखरेल, ओमबहादुर महतरा, बखतबहादुर खत्री, हरिप्रसाद अधिकारी, डण्डबहादुर विक र बलबहादुर नेपाली विजयी हुनुभएको छ । यस्तै, गुमानसिं विक, डिलबहादुर रास्कोटी, जागुराम थारू, रोमबहादुर सोमै, रामकुमार दर्लामी, थमानबहादुर खत्री, यज्ञप्रसाद ढकाल, शिवलाल शर्मा, केदार कँडेल, केशरबहादुर तारमी, टीकाराम सोमै, निर्मलसिं ठकुरी, लालबहादर थापा, हरिप्रसाद खनाल, सुशीला विश्वकर्मा, राजु गुइँदेल, नन्दा गुरुङ, कविन्द्र केसी, घनश्याम पाण्डे, ऐनबहादुर चन्द, हरिहरनाथ योगी, डम्बर नेपाली, डम्मर गरञ्जा, टीकाराम सुवेदी, देवबहादुर खत्री, नेत्रलाल महतरा, तेजविक्रम बस्नेत, पूर्णप्रसाद पौडेल, गणेशबहादुर वली, तोयानाथ शर्मा, खड्ककुमार भट्टराई, हर्कबहादुर राना, टोपबहादुर अधिकारी, इन्द्रबहादुर केसी, धनबहादुर थापा, मनबहादुर विक र तुलबहादुर सहकारी सदस्यमा निर्वाचित हुनुभएको छ । वैकल्पिक जिल्ला सदस्यमा मानकुमारी चन्द, चन्द्रकला बुढा, धनबहादुर रावत, रामबहादुर घर्ती मगर, डण्डपाणि आचार्य, शिपु परियार, चतुर्भुज शाही र कालीप्रसाद आचार्य विजयी हुनु भएको छ । यस्तै, कोकिला सिंह र नेत्रबहादुर सुनार भने निर्विरोध निर्वाचित हुनभयो । नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न भएको मतदानमा कुल मतदाता ५ सय ७ मध्ये ४ सय ९९ मत खसेको थियो ।
ताप्लेजुङमा साम्सुहाङ
अधिवेशनले नेपालनिकट बलबहादुर साम्सुहाङलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, उपध्यक्षमा मातृका भट्टराई, सचिवमा केसर मेन्याङवो र उपसचिवमा मंगलसिं कदेम निर्वाचित हुनुभएको छ । अधिवेशनले सदस्यहरूमा इलाका नं १ बाट सोमबहादुर राई र हेमराज गौतम, २ बाट विजय चापागाईं, ३ बाट नन्दलाल गौतम र तिलबहादुर तामाङ, ४ बाट धर्मराज घिमिरे, प्रेम प्रकाश मेन्याङवो र लक्ष्मण मेन्याङबो, ५ बाट तारामान साम्सोहाङ, चन्द्र प्रकाश थेबे र तेजकुमार इजम, ६ बाट दिनेश अधिकारी, ७ बाट दिवस लिवाङ र हर्क सिंह पराजुली, ८ बाट दिलकुमार हेल्लोक र लोचनकुमार लिम्बु, ९ बाट मोहन चन्द्र सावा, सन्तोष चोङवाङ र मदनकुमार नाल्बो, १० बाट भीमबहादुर नाल्बो, अनिल देव लङ्वा लिम्बु र चन्द्रमान बनेम तथा ११ बाट देवी खरेल, खेमबहादुर बनेम र खगेन्द्रकुमार पोमुलाई निर्वाचित गरेको छ ।
त्यसैगरी, नगरपालिकाबाट राजेश प्याकुरेल, छत्रपति प्याकुरेल, योगेन्द्रकुमार गुरुङ, महिलाबाट होमकुमारी सावा, चन्द्रकला ओझा, आशा थोप्रा, उर्मिला थेबे, चित्राकुमारी चंसु, निर्मला इजम, अम्बिका राजभण्डारी, मीनाकुमारी केदेम, दलितबाट मनकुमार नेपाली र सन्तबहादुर बराइली साथै खुलाबाट चन्द्रबहादुर विक, कुमार शिवा, तारानाथ घिमिरे, डम्बरध्वज तुम्बाहाम्फे, नेत्रबहादुर नेपाली, धनेन्द्र मादेन, भूपेन्द्र थेव, सन्तोष खतिवडा, सन्तोष चाम्लिङ, डम्बर चोङबाङ, गमबहादुर फुरुम्बो, रामप्रसाद सुवेदी, छिरिङ लामा, नारायणप्रसाद चौलागाईं, भरतकुमार गुरुङ, कृष्णप्रसाद सुवेदी र अम्बर गुरुङ निर्वाचित हुनुभएको छ ।
रौतहटमा यादव
रौतहटको आठौं जिल्ला अधिवेशनले अध्यक्ष पदमा नेपालनिकट कमल राय यादवलाई निर्वाचित गरेको छ । आइतबार सम्पन्न अधिवेशनमा यादव २ सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । अध्यक्ष पदका प्रतिद्वन्द्वी जयचन्द्र पटेलले ८७ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा नितेशनन्दन मिश्र, सचिवमा लक्ष्मण रेग्मी, उपसचिवमा शेख करिमउल्लाह विजयी हुनुभएको छ । सहमतिमा पदाधिकारी चयन हुन नसकेपछि चुवानी प्रक्रियाबाट टुंगो लगाइएको थियो । ३ सय ७३ प्रतिनिधि रहेकोमा ३ सय ३९ मत खसेको थियो । जिल्ला समितिमा ७१ पदका लागि प्रतिस्पर्धा भएको थियो । रौतहट निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ५ बाट सदस्यहरू निर्विरोध चयन हुनुभएको थियो भने ४ र ६ तथा खुला सदस्य पदका लागि निर्वाचन भएको थियो । महिला, दलित र मजदुर क्षेत्रका सदस्यहरू पनि निर्विरोध चयन गरिएको छ । लेखा समितिका सदस्य निर्विरोध भए पनि लेखा संयोजकका लागि चुनाव भएको थियो । संयोजकमा मदन सापकोटा निर्वाचित हुनुभएको छा । गौर नगरबाट सदस्यमा राजेन्द्रप्रसाद साह तथा चन्द्रपुर नगरबाट सदस्यमा विनोद घिमिरे र अच्युत हुमागाईं निर्वाचित हुनुभएको छ । महिलातर्फ सूर्यकला देवी, रामकली देवी, बबिताकुमारी चौधरी, वीणा साह, समिना आलम, बिनिता बख्रेल, शारदा हुमागाईं, पञ्चमाया लामा र रेखा झा निर्वाचित हुनुभयो भने वैकल्पिक सदस्यमा मुना लामिछाने र निलमदेवी पासवान निर्वाचित हुनुभएको छ । क्षेत्र नम्बर १ बाट भूगोलतर्फ वीरेन्द्र साह, राजेशकुमार झा, उपेन्द्र यादव, झोटी राय, मनोजकुमार सिंह, २ बाट रामविलास पटेल, अब्दुर कदिर, जगतलाल यादव, शेख वलायत, शेख नुर आलम, ३ बाट लालबाबु साह, गौरीशंकर प्रसाद, धर्मेन्द्रप्रसाद पटेल, राजदेव सहनी र प्रदीपकुमार यादव, ४ बाट वृजकिशोर सहनी, हरिनारायण यादव, लालबाबु यादव, चन्देश्वर साह र जयमंगल यादव, ५ बाट हरिनारायण बैठान, शुधाई खा बैठान, नागेन्द्र यादव, राधामोहन यादव, ६ बाट रामचन्द्र दाहाल, विनोद चौधरी, जगरनाथ सहनी, विनोदप्रसाद कुर्मी निर्वाचित हुनुभएको छ ।
खुला जिल्ला सदस्यतर्फ कुमार बस्नेत, दीपक रेग्मी, रामबाबु बैठा, नागेन्द्र यादव, खड्गबहादुर बम्जन, ईश्वरीप्रसाद यादव, विपीनप्रसाद गौतम, कमलेशकुमार मिश्र, बुधु बैठा र नन्दलाल साह निर्वाचित भएको निर्वाचन समितिका अधिकृत अनन्त अधिकारीले जानकारी दिनुभएको छ । वैकल्पिक सदस्यतर्फ मोस्लम अन्सारी, राजेश साह, लालबाबु जैसवाल, शेख सलाद, अनन्त पौडेल, दण्डबहादुर पुलामी, मजदुरबाट धिरेन्द्रप्रसाद यादव र टीकाबहादुर कार्की, दलितबाट जितबहादुर विक, महेश बैठा, उपेन्द्र दास, वैकल्पिकमा रूपलाल राम र रञ्जित पासवान निर्वाचित हुनुभएको छ । लेखा समिति सदस्यमा भने शिवपुजन साह, हरेन्द्रप्रसाद साह, हेमबहादुर थापा र यमलाल गोले चुनिनु भएको छ ।
बाँकेमा कोइराला
सोमबार सम्पन्न बाँकेको सातौं जिल्ला अधिवेशनले नेपालनिकट अशोक कोइरालालाई अध्यक्षमा निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी पदम धिताललाई पराजित गरी कोइराला अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा विजयी भएका कोइरालाले ३ सय ३ र उहाँका प्रतिद्वन्द्वी धितालले २ सय ३६ मत प्राप्त गनुभएको थियो ।
पदाधिकारीमा कोइराला प्यानलका सबै विजयी भएका छन् । उपाध्यक्ष, सचिव, उपसचिवमा कोइराला प्यानलका निरक गुरुङ, रत्न खत्री र प्रमोद धिताल विजयी हुनुभएको छ । खुला सदस्यमा अर्जुनकुमार उप्रेती, अशोक कोइराला, कमल बस्नेत, किस्मत कक्षपति, तुल्सीराम थारू, दीपक जीएम, निरक गुरुङ, पदमबहादुर धिताल, रत्न खत्री, लुटबहादुर रावत, महिला पूर्ण सदस्यमा अक्षरी पोखरेल, केशकुमारी भुसाल, तुल्सा थापा, दीपा शर्मा र बसन्ती अधिकारी विजयी हुनुभयो । महिला वैकल्पिकतर्फ नारायणी वली र पावर्ती सिंह ठकुरी विजयी भएको निर्वाचन कमिटीले जनाएको छ । भूगोल क्षेत्र नं. ३ को पूर्णतर्फ डिल्ली बीसी, तेजकुमार धिताल, सविन्द्र लम्साल र खड्गबहादुर डाँगी विजयी हुनुभएको छ भने वैकल्पिक सदस्यमा कृष्णप्रसाद भट्टराई चुनिनुभएको छ ।
यसैबीच, नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यलाई एमाले महासचिव ईश्वर पोख्रेलले बधाई दिनुभएको छ । दैलेख जाने क्रममा नेपालगन्ज आएका महासचिव पोख्रेलले निर्वाचन परिणाम घोषणापछि पार्टी कार्यालयमा पुगेर नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको हो । उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टी झनै बलियो हुने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष कोइरालाले सबै कार्यकर्तालाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply