नर्सबीच कसको पल्ला भारी ?
काठमाडौं । हजारौं नर्सहरूको नजर नेपाल नर्सिङ संघको नेतृत्व कसले लेला भन्नेमा केन्द्रित भएको छ । तर, आज हुन लागिरहेको संघको निर्वाचनमा प्रगतिशील पक्षहरूले जित्ने लगभग निश्चितजस्तै भएको छ ।
निर्वाचन हुनुपूर्व नै प्रगतिशील खेमाका छ जना निर्विरोध भइसकेका छन् भने अध्यक्षलगायतका पदमा पनि भारी मतले जित्ने दाबी गरेका छन् । हरेक तीन वर्षमा हुने संघको निर्वाचन यस पटक भने चार वर्षपछि हुन लागेको छ । संघको निर्वाचनमा प्रगतिशील पक्षधरहरूले क्षेत्रीय र समावेशी हिसाबले उम्मेदवारहरू उठाएका कारण पनि जित्ने सम्भावना बढेर गएको हो । संघको अध्यक्षमा प्रगतिशील खेमाबाट तारा भुसाल पोख्रेल, वरिष्ठ उपाध्यक्षमा गंगा थापा, उपाध्यक्षहरूमा अप्सरा पाण्डे, नीता ताम्राकार, ललिता केसी, डा.तारा साह र भारती भेटवाल, महासचिवमा लक्ष्मी केसी, सचिवमा राजकुमारी ज्ञवाली र कोषाध्यक्षमा अम्बिका घिमिरे उठेका छन् । सहकोषाध्यक्षमा सुनिता पाठक भने निर्विरोध भइसकेका छन् । सदस्यहरूमा राज्यलक्ष्मी भेले, अम्बिका पौडेल, दीपा भट्टराई (मध्यपश्चिमाञ्चल) र नेपाल नर्सिङ परिषद्को सदस्यका लागि वसन्ती थापा, शान्ता राई परियार र राधिका रेग्मीले उम्मेदवारी दिएका छन् । संघको पूर्वाञ्चलको सदस्यमा अञ्जुला कार्की, मध्यमाञ्चलका सदस्यमा रमेश सुब्बा, पश्चिमाञ्चलको सदस्यमा सरोज गुरुङ, सुदूरपश्चिमाञ्चलको सदस्यमा सुनिता खत्री र अनमीबाट सदस्यमा जसमाया जिरेल भने निर्विरोध भइसकेका छन् ।
संघको अध्यक्षमा नेपाली कांग्रेसको निकटका भए पनि स्वतन्त्र उम्मेदवारका रूपमा डा. सरला रेग्मी र प्रजातान्त्रिक समूहबाट गोमा निरौला श्रेष्ठले उम्मेदवारी दिएका छन् । यी दुवै समूहले पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको सदस्यमा उम्मेदवारै नपाएपछि ती क्षेत्रबाट उठेका प्रगतिशील समूहका सदस्यहरू निर्विरोध भएका थिए ।
संघको सदस्यता लिएका १२ हजारभन्दा बढी सदस्यले आज हुने संघको निर्वाचनमा मतदान गर्नेछन् । काठमाडौंको संघको भवन लाजिम्पाटमा चुनाव हुनेछ भने देशका १२ वटा ठाउँमा अरू मतदान केन्द्र राखिएका छन् । संघको चुनावमा आफूहरूले जित्ने सम्भावना प्रबल रहेको प्रगतिशील समूहको अध्यक्षका उम्मेदवार पोख्रेलले बताइन् । उनले भनिन्– ‘अहिले हामीविरुद्ध उठ्नेहरूको मनस्थिति गिरिसकेको छ । हाम्रो स्थिति अत्यन्तै राम्रो भएको हुँदा हामीले जित्ने निश्चितजस्तै छ । अरूले काठमाडौंलाई आधार बनाएर उम्मेदवार उठाएका छन् भने हामीले विभिन्न क्षेत्र समेट्दै समावेशी उम्मेदवार उठाएको हुँदा हाम्रो पक्षमा राम्रो लहर आएको छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply