सुनीललाई स्वीकार्न गाह्रो
काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई नेपाल आयल निगमका कर्मचारीहरूले बहिष्कार गर्ने भएका छन् । आउँदो पुस २६ गते निगमको ४५औं वार्षिकोत्सव मनाउने क्रममा निगमको व्यवस्थापनले मन्त्री थापालाई बोलाए पनि सबै कर्मचारीले बहिष्कार गर्ने भएका छन् ।
कर्मचारीहरूले आफूलाई बहिष्कार गर्ने भएपछि मन्त्री थापा निगमको वार्षिकोत्सवमा आउने हुन् वा होइनन् भन्नेमा अन्योलसमेत देखा परेको छ । आयल निगमले केही महिनायता नाफा कमाउन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपछि सधैँभरि घाटामा चलेको निगमको आर्थिक स्थिति सुध्रिँदै गएको हो । तर, निगमले नाफा लिन थाले पनि कर्मचारीहरू भने सन्तुष्ट छैनन् । उनीहरूले अघि सारेका आफ्ना मागहरू पूरा गराउन व्यवस्थापन पक्ष उदासीन देखिएपछि केही समययता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले पेट्रोल, डिजेल र मट्टितेलमा मात्र अहिले स्वचालित मूल्य प्रणाली लागू गरेकोमा अन्य पदार्थहरूमा पनि स्वचालित मूल्य प्रणाली कायम गरिनुपर्ने माग राखेका छन् । उनीहरूले एलपी ग्यास, फर्नेस आयल र लाइक डिजेल आयलमा पनि स्वचालित मूल्य प्रणाली लागू गर्नुपर्ने माग राखेका हुन् । त्यस्तै, निगमका डिपोहरू धेरै पुराना भएको हुँदा ती डिपोहरूको मर्मत, सम्भार गर्नुपर्ने, निगमको सम्पत्तिको संरक्षण हुनुपर्नेजस्ता माग राखेर गएको आइतबारदेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनकै क्रममा अस्ति सोमबार कर्मचारीहरूले निगममा कार्यकारी–निर्देशक, निर्देशकहरूको गाडीको चाबी खोसेका थिए । बिहान साढे दसदेखि बेलुकी साढे तीन बजेसम्म कार्यालयको कामका लागि गाडी छोड्ने गरे पनि बिहान र बेलुकी भने निगमका उच्चपदस्थहरूले चढ्ने गाडी कर्मचारीहरूले चल्न दिएका छैनन् । उनीहरूले आन्दोलनको यो क्रमलाई पर्सि १८ गतेसम्म जारी राख्नेछन् । त्यतिन्जेलसम्म पनि आफ्ना मागहरू पूरा नभए अझ सशक्त आन्दोलनमा उत्रिने नेपाल आयल निगम कर्मचारी संघका काबा अध्यक्ष चन्द्र निरौलाले बताए । आन्दोलनमा निगमका तीन वटै कर्मचारी संगठनहरू सामेल छन् । त्यही क्रममा कर्मचारीहरूले पुस २६ गते मन्त्री उपस्थित हुने वार्षिकोत्सव बहिष्कार गर्ने र हरेक वर्ष निगमले प्रकाशित गर्दै आइरहेको ‘प्रभात’ नामक स्मारिका पनि प्रकाशन हुन नदिने तयारी गरिरहेका छन् । काबा अध्यक्ष निरौलाले भने– ‘हाम्रो आन्दोलन व्यवस्थापनलाई आफ्ना मागहरू पूरा गराउन मात्र केन्द्रित हुनेछ । तर, पेट्रोलियम पदार्थहरूको आपूर्तिमा बाधा पुग्ने गरी हामी आन्दोलन गर्दैनौं ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply