साथ दिँदा पनि शंका
काठमाडौं । ‘यी मधेसवादी पार्टीहरूको कुनै भर हुँदैन, अहिले आन्दोलनमा साथ दिन्छांै त भनेका छन, भोलि कुनै अवसर पाउनासाथ बीचैमा साथ छाड्न पनि सक्छन्, हिजो तपाईंहरूले संविधानसभाको निर्वाचन बहिष्कार गरेर ठीकै गर्नुभएको रहेछ, हामीले त्यतिबेला गल्ती गर्यांै । अब त्यस्तो गल्ती हुँदैन, माघ ८ मा संविधान जारी हुन नदिन तपाईंहरूले सहयोग गर्नुपर्यो ।’
केही हप्ताअघि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मधेसवादी दललाई घरमै बोलाएर संविधान निर्माण र सत्ता गठबन्धनबारे छलफल चलाएपछि आत्तिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हतार–हतार नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटेर उक्त याचना गरेका थिए । स्रोतका अनुसार उनले त्यसयता वैद्यबाहेक लगातार आफूसँगै फुटेका नेत्रविक्रम चन्द, मातृका यादव र मणि थापासँग भेटेर पनि यस्तै याचना गरेका थिए । ‘संविधान निर्माण प्रक्रिया रोकिन्छ भने हामी जस्तो अवस्थामा पनि सहयोग गर्छौं’ भन्ने आश्वासन ती सबै नेताले दिएपछि दाहाल झन् आक्रामक भएको बताइन्छ । स्रोतले भन्यो– ‘मधेसवादीहरूको मात्र आडमा उनले संसद्मा रगतको खोलो बगाउने धम्की दिन सक्दैनथे, त्यसो भन्ने आँट र ऊर्जा आफंैसँग फुटेका पार्टीका नेताहरूसँगको भेटपछि मात्र आएको हो ।’
यतिबेला एमाओवादी जसरी भए पनि संविधान ल्याउन नदिने अभियानमा छ । त्यो अभियानका लागि उक्त पार्टीका अध्यक्ष दाहाल हिजो आफैंलाई राष्ट्रघातीको आरोप लगाएर विभाजन भएका वैद्यहरूसँग बाक्लो हिमचिम बढाएका छन् । दाहाल र वैद्यबीच भएका सबै भेटघाटको संयोजन नेकपा–माओवादीका नेता रामबहादुर थापा र पम्फा भुसालले गर्ने गरेको स्रोतको दाबी छ । त्यसो त नेकपा–माओवादी अहिले भुसालकै इसारामा चल्ने गरेको बताइन्छ । चन्द विभाजनको एउटा कारण त्यो पनि भएको बताइन्छ । भुसालकै संयोजनमा एमाओवादी र नेकपा–माओवादीबीच एक–दुई चरणमा एकता वार्ता पनि भएको बताइन्छ ।
स्रोतका अनुसार, दाहालको संविधानविरोधी यस्ता गतिविधिप्रति उनकै पार्टीका नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ पनि खुसी छैनन् । तर, यो मुद्दामा अरू चार वटा माओवादी एक ठाउँमा उभिएपछि उनीहरूले पनि मुख खोलेर विरोध गर्न नसकेको बताइन्छ । सुरुमा आन्दोलनका कार्यक्रम घोषणा गर्दा श्रेष्ठले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । तर, त्यसपछि दाहालले अरू माओवादी पार्टीका नेतासँग भेटेर कुराकानी गरेपछि स्थितिले अर्कै मोड लिएको बताइन्छ । दाहाल र वैद्यबीचकै छलफलपछि माओवादीले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताइन्छ । माघ ८ मा संविधान ल्याउन नदिने विषयमा तीन–चार दिनअघि मात्र दाहाल र चन्दबीच पनि गोप्य भेटवार्ता भएको स्रोतले बतायो । राजधानीमै भएको उक्त भेटघाटमा भएका अन्य कुराहरू भने स्रोतले खुलाउन चाहेन ।
आफैंसँग फुटेर गएकाहरूसँग जति विश्वास दाहालले गरेका छन्, त्यसको एक छेउ विश्वास मधेसवादीहरूलाई नगर्ने गरेको बताइन्छ । त्यसो त त्यही शंकाकै कारण गत महिना उनले आन्दोलनलाई बीचमै नछाड्न मधेसवादी दलसँग सार्वजनिक रूपमै आग्रह गरेका पनि थिए । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न दाहालले मधेसवादी दललाई घोडा बनाएर मच्चिनसमेत आफूलाई सफलसिद्ध बनाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply