एबीसीमा राहत
काठमाडौं । माओवादी वृत्तमा ‘आफ्नै बाउको च्यानल’का रूपमा परिचित एबीसी टेलिभिजन कसले हत्याउने भन्ने चरम विवादका कारण ११ महिनादेखि भोकभोकै काम गरिरहेका कर्मचारीहरूले राहत पाएका छन् ।
कर्मचारीहरू सबैलाई राजीनामा पत्रमा हस्ताक्षर गराउँदै सिद्धार्थ बैंकको एकाउन्टपेयी चेकमार्फत मंसिरसम्मको बाँकी तलब दिएपछि कर्मचारीहरूले राहत महसुस गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भजनकारिता गर्दै आएको सो टेलिभिजनमा अघिल्लो वर्ष मात्र अजय सुमार्गी प्रवेश गरेका थिए । सुमार्गीले शुभशंकर कँडेललाई ४९ प्रतिशत सेयर दिएर आफूले ५१ प्रतिशत लिएपछि ज्वाइँ श्यामसुन्दर शर्मालाई अध्यक्ष बनाएका थिए । टेलिभिजनबाट आएको आम्दानी मनखुसी खर्च गर्ने र कर्मचारीलाई तलब नदिएर बदनाम पार्दै गएपछि यसअघि अध्यक्ष रहेका पश्मिना व्यापारी पुष्पमान श्रेष्ठले टेलिभिजन छाडेका थिए ।
सुरुमा प्रचण्डकै कारण सुमार्गीसँग जोडिएका उनी अहिले सुमार्गी परिवारले पूरै सेयर लिएर नयाँ व्यवस्थापनका साथ टिभी चलाउने योजना बनाएपछि झस्किएका छन् । सुमार्गी परिवारको योजना सुरुमै चाल पाएपछि केही दिनअघि उनी कँडेल श्रीमती शारदा शर्मा र एमाओवादी अध्यक्ष प्रचण्डलाई लिएर टेलिभिजनका बारेमा सल्लाह गर्न सुमार्गी निवास नै पुगेका थिए ।
तर, सुमार्गीले आवश्यक लगानी थपेर टेलिभिजनको पुन:संरचना गर्ने र कँडेलले काम गर्न चाहेमा कुनै एउटा विभागको जिम्मेवारी दिन सकिने बताएपछि उनले आफ्नै पहलमा पहिले १० महिनासम्म रोकिएको तलब खुवाएका छन् । झन्डै करोडको हाराहारीमा तलब बाँडेको बताइन्छ ।
त्यसो त टेलिभिजनको कार्यालयका लागि भन्दै सामाखुसीमा बार्टर सिस्टमबाट सरसामान जुटाएर बनाएको घर भने कँडेलले आफ्नै नाममा पारेका छन् । केही दिन अघि भएको कर्मचारीको बैठकमा नै कँडेलले आफू बाहिरिने संकेत गरिसकेका थिए । ‘यस्तो बिजोग गरेर सधैं घाटामा मिडिया चलाएर फाइदा छैन, कुनै बिजनेसमेन समाएर राम्रोसँग चलाउन नसकिने अवस्था आयो भने म कान्तिपुरमा सूचना नै निकालेर आम्दानी खर्चको फाँटवारी दिएर बन्द गरिदिन्छु’– उनको भनाइ उद्धृत गर्दै एक पत्रकारले बताए । उनले आफू निकटस्थ कर्मचारीहरूलाई अब कसैको जागिरको ग्यारेन्टी लिन नसकिने भन्दै व्यवस्थापनले हटाएमा पनि सहानुभूति व्यक्त गर्नेबाहेक अन्य तागत हुन नसक्ने जनाउ दिएका छन् । उनले हिसाब अहिले कार्यकारी निर्देशक तथा समाचार प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका छन् । अब उनलाई समाचार प्रमुखको रूपमा मात्र जिम्मेवारी दिने योजना थाहा पाएपछि निकटहरूलाई भने टेलिभिजनका अतिरक्ति मिडियाका अन्य क्षेत्र दैनिक पत्रिका तथा एफएम रेडियोतर्फ पनि हात हाल्न लागेको बताउँदै आएका छन् ।
अन्तिम सल्लाह गर्ने र कर्मचारीको राय लिने भन्दै आज ११ बजेका लागि टेलिभिजनका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य उपस्थिति हुन भन्दै उर्दी जारी गरिएको छ । टेलिभिजनमा एकताका २ दर्जन कर्मचारी कँडेलका नातागोता कार्यरत थिए । अहिले पनि श्रीमती शारदा शर्मा, सालो राजन पौडेल, साढुभाइ इन्द्र आचार्य, सञ्जय आचार्य, साली सनिता शर्मा, भानु ढकाल, भाइ कृष्ण कँडेललगायत कार्यरत छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply