नाकामा बसेर नकाम
काठमाडौं । थानकोट वृत्तका डीएसपी प्रवीण धितालले नाकामा बसेर उठाउने धन्दा जारी राखेको गुनासो बढेको छ । उनले विभिन्न स्थानबाट नगद तथा जिन्सी सामान संकलन गर्न एक असई र सईलाई सादा पोसाकमा खटाएको बताइन्छ ।
डीएसपी खड्काले विश्वास गरेकामध्ये एक जना असई मिठु खड्का हुन् । खड्का बलम्बु चौकीका इन्चार्जसमेत थिए । धितालले खड्कामार्फत नै मुद्दा मिलाउने, लेनदेन गर्ने र कुरा नमिलेका गाडीमा छापा हान्ने गर्दै आएको बताइन्छ । उनी विगत छ वर्षदेखि सोही क्षेत्रमा बस्दै आएका छन् ।
यस्तै, नागढुंगा चौकीका इन्चार्ज सई महेश उपाध्यायले पनि नाकामा बसेर उठाउने धन्दा जारी राखेका छन् । उपाध्यायले वीरगन्जदेखि खिचापोखरीसम्म टान्सपोर्टबाट उठाउन लगाउने गरेको बताइन्छ । विशेषगरी ट्रान्सपोर्टमार्फत भित्रिने सामानमा बढी तस्करी हुने गरेको छ ।
सई उपाध्यायले एक हवल्दार र एक जवानलाई घुमुवाका रूपमा परिचालन गर्दै आएका छन् । हवल्दार ईश्वर खड्का र प्रकाश नामका जवान उनका विश्वासिला घुमुवा हुन् । सो क्षेत्रमा आउने जोसुकै इन्चार्जले पनि ३ देखि ६ महिनामै लाखौं जम्मा गर्ने प्रहरी वृत्तमा चर्चा हुन्छ । ६ महिना मात्र सो क्षेत्रमा बिताउन पाए पुग्नेगरी जम्मा गर्ने र त्यहाँबाट अन्यत्र हिँड्ने चलन छ । तर, उनी भने महानगरीय प्रहरी कार्यालयका एआईजी विज्ञानराज शर्माका पीए प्रहरी निरीक्षक शिव पोखरेलसँग सेटिङ मिलाएर सो क्षेत्रमा टिकिरहेको बताइन्छ । पोखरेल यसअघि कोटेश्वर ट्राफिकका इन्चार्ज थिए भने त्यसअघि प्रबन्धको खुद्रा खरिदमा थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply