बायोमेट्रिकमा मिलिजुली झ्वाम
काठमाडौं । एकातिर कामदारलाई चर्को बोझ हुने र अर्कातिर राष्ट्रिय स्वाभिमान झुक्नेगरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणाणीमार्फत गर्नुपर्ने वकालत श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका स्वघोषित अध्यक्ष हंस वाग्लेले गरेका छन् ।
मलेसियाली दलालको परिबन्धमा परेर मन्त्री, संघका अध्यक्ष तथा सीमित स्वास्थ्य व्यवसायी मात्र यो प्रणाली लागू गराउनुपर्ने लबिङमा लागेको भन्दै सर्वत्र विरोध भएको छ । वाग्ले केही महिनाअघि जेनेभा गएका बेला संघका पदाधिकारी ज्ञानु गैरे, कुमुद खनाललगायतले सो प्रणली लागू गर्न नहुने भन्दै वक्तव्य जारी गरेका थिए । सो थाहा पाएपछि वाग्ले फर्कनासाथ उनीहरूलाई स्पष्टीकरणसमेत सोधिएको थियो । सुरुमा वाग्लेको विपक्षमा उभिएका ती पदाधिकारीहरू वाग्लेले चित्त बुझाएपछि अहिले रहस्यमय रूपमा बायोमेट्रिकको पक्ष लिन थालेका छन् ।
मलेसियाको बेस्टिनेट एसडीएनबीएचडी नामक कम्पनीमार्फत केही दलालले स्वास्थ्य परीक्षणमा एकाधिकार र कामदारलाई अतिरिक्त आर्थिक भार पर्नेगरी सो परीक्षण लागू गराउन खोजिएको व्यवसायीको आरोप छ । सो परियोजना जबर्जस्त लागू गराउन पाए सीमित व्यवसायीले एकाधिकार ढंगले काम गर्न पाउने भन्दै अहिले आन्तरिक तथा बाह्य गरी करोडौं रुपियाँको चलखेल भएको बताइन्छ । पैसाकै बलमा बायोमेट्रिक प्रणलीलाई वैधानिकता दिन र यसैको माध्यमबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लगाउने षड्यन्त्र हुन लागेको भन्दै प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघले सो कार्यको विरोध गरेको छ ।
के हो बायोमेट्रिक ?
जैविक तथ्यांक वा संकेतहरूको मापन र विश्लेषण गर्ने कम्प्युटराइज प्रविधि बायोमेट्रिक हो । मानवको चरित्र मापन तथा विश्लेषण गर्ने उद्देश्यका लागि यो प्रविधिको प्रयोग गरिन्छ । यसमा डीएनए, औंलाका छाप, आँखाको रेटिना, मुखाकृत भाग, रक्त नसाहरू, आवाज आदिको माध्यमबाट सम्बन्धित मानिसको पहिचान गर्न यो विधि प्रयोग गरिन्छ । यो प्रविधि संस्थागत र सार्वजनिक सुरक्षाका लागि उपयोगी हुन्छ । यो सिस्टम अनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसँगै विद्युतीय औंठा छाप लिइने र मेडिकल रिपोर्टसँगै अनलाइन सफ्टवेयरमा राख्ने व्यवस्था हो ।
मलेसिया सरकारले आफ्नो देशमा कामदार आयात गर्ने प्रक्रियालाई व्यवस्थित र अध्यावधिक गर्ने नीति लिएको छ । नेपाली कामदारको जैविक तथ्यांक (बायोमेट्रिक डाटा) राख्न हाम्रो देशमा नेपाल स्वास्थ्य व्यवसायी महासंघ २०६२ का केही पूर्व तथा वर्तमान पदाधिकारीहरूले विभिन्न स्वास्थ्य संस्थाबाट रकम लिई लागू गर्ने भनी सन् २०१३ को अन्त्यतिरबाट मलेसियाली बेस्टिनेट एचडीएनबीएचडी नामको प्राइभेट कम्पनीका कार्यकारी प्रमुख मोहम्मद अमिन विन नुरसँग साँठगाँठ गरी लागू गर्ने प्रयत्न गरेका छन् । यो प्रणाली लागू गर्न उक्त कम्पनीले श्रमिक आयात गर्ने १४ देशमा प्रयत्न गरे पनि सफलता पाएको छैन । दक्षिण एसियाकै श्रीलंका, बंगलादेश र भारतले यो प्रणाली अस्वीकार गरेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघको नाममा दलालहरूले वायोमेट्रिक प्रणालीमा रजिस्ट्रेसन गरिदिने भनी सो कम्पनीसँग मिलेर प्रत्येक स्वास्थ्य संस्थाहरूबाट ५० देखि ८३ लाखसम्म संकलन गरेको र पैसाकै जोडमा भए पनि सो प्रणाली लागू गराएरै छोड्ने धुनमा उनीहरू लागेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply