माधवसँग अन्तिममा मन्त्रणा
काठमाडौं । ‘दुई दिन संविधानसभाको बैठक स्थगित गरौं र सहमतिका लागि बसौं । लगातार बस्दा दुई दिनमा सहमति कायम गर्न सकिन्छ ।’
झट्ट सुन्दा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको यो प्रस्ताव ‘ठीकै हो, दुई दिन बसेर सहमति निस्किन्छ भने बैठक स्थगित गर्दा के हुन्छ र ?’ भन्ने पनि लाग्न सक्छ । तर, जति दिन बसे पनि अडान नछोड्ने हो र जातीय राज्यकै वकालत गर्ने हो भने विगत पाँच वर्षमा हुन नसकेको सहमति दुई दिनमा भइहाल्ला भनेर एमाले वरिष्ठ नेता माधव नेपालले पत्याउने कुरा भएन । ‘दुई दिन त होइन, एक दिन संविधानसभा स्थगित गर्न सकिन्छ’– सोमबार बेलुकी संविधानसभामा एमाओवादीले ताण्डव देखाउनुअघि त्यहीँ भएको छुट्टै बैठकमा नेपालले दाहाललाई भने– ‘त्यसका लागि तपाईंहरूले अहिले नै भोलिको बन्द फिर्ता लिनूस्, एक दिन संविधानसभाको बैठक रोक्न म लगाइदिन्छु ।’
त्यसअघि वरिष्ठ नेता नेपाल र एमाओवादी नेता बाबुराम भट्टराईबीच पनि त्यही विषयमा कुराकानी भएको थियो । कुनै न कुनै निकास निकाल्न पाए हुन्थ्यो भन्ने मुडमा रहेका भट्टराईले नेपालसँग कुरा गरेपछि ‘कुनै न कुनै अन्डरस्ट्यान्डिङमा पुग्नुपर्यो, यहाँ आउनु न’ भन्दै दाहाललाई त्यहीँ बोलाएका थिए । दाहाल आएपछि उनीहरू तीन जनाबीच लामै कुरा भएको थियो ।
एक दिन संविधानसभा बैठक स्थगित गरेर एमाओवादीलाई भाउ दिने अनि बदलामा उनीहरूले मंगलबारको बन्द फिर्ता गर्ने कुरा उठ्नासाथ दाहालले ‘म मोहन वैद्यजीलाई सोधेर भोलि बिहान खबर गर्छु’ भनेका थिए । जवाफमा नेपालले ‘त्यस्तो कहाँ हुन्छ र ? अहिले त्यस्तो सहमति भए पो प्रक्रिया रोकिन्छ त’ भनेका थिए । तर, दाहाल त्यतिमा रोकिएनन् । उनले एउटा थप माग पनि राखे– ‘हुन्छ बन्द त फिर्ता लिन्छौं तर संघीयताका बारेमा सहमतिमा मात्रै टुंगोमा पुगिनेछ भनेर तपाईंहरूले घोषणा गर्नुपर्छ ।’ नेपालले तत्कालै जवाफ फर्काए– ‘के कुरा गर्नुभएको ? सहमतिका लागि प्रयास गर्ने हो तर तपाईंहरूले कुनै हालतमा मान्नुभएन भने कसरी सहमति हुन्छ ? अनि त्यस्तो उधारो चेकमा कसले साइन गर्छ ?’
एमाले अध्यक्ष केपी ओलीसँग सोमबार बिहान एक्लै कुराकानी गर्दा दाहालले कुरा मिल्न सक्ने बताएका थिए । शासकीय स्वरूपमा विषयमा एमाओवादीले असहमति राखेर जान सकिनेबारेमा पनि नेताहरूबीच कुराकानी भएको थियो । तर, पछि एकाएक सहमति भत्किँदा एमाले नेताहरू आश्चर्यचकित परेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply