आफ्नै बैंकलाई पोस्ने चाल
काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले आफ्नो ठूलो सेयर रहेको एउटा बैंकलाई पोस्नका लागि राज्यकोषको व्यापक दुरुपयोग गरेका छन् । केही महिनापूर्व देशका पाँच वटा ग्रामीण विकास बैंक मर्ज भई बनेको पश्चिमाञ्चल ग्रामीण विकास बैंकलाई उकास्नका लागि अर्थमन्त्री डा.महतले अहिले विशेष योजना नै बनाएको बुझिएको छ ।
स्रोतका अनुसार, उक्त विकास बैंकमा अर्थमन्त्री डा.महतको ३४ प्रतिशत सेयर छ । उनले आफ्नै नाममा त्यति ठूलो अनुपातको सेयर खरिद भने गरेका छैनन् । उनका आफन्त, नातागोता र विश्वासिला मानिसहरूका नाममा सेयरछ । गत आर्थिक वर्षको अन्ततिर पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास बैंक मर्ज भई उक्त बैंक बनेको हो । मर्ज हुनुभन्दा अघि नै अर्थमन्त्री डा.महतले उक्त बैंकको सेयर खरिद गरी आफ्ना डमीहरूका नाममा राखेका थिए । पाँच विकास बैंक मर्जर भई पश्चिमाञ्चल ग्रामीण विकास बैंकको रूप लिएपछि अर्थमन्त्री महतले उक्त बैंकलाई राज्यकोषबाट २५ करोड रुपियाँ दिलाएका छन् । उक्त रकम उनले गत आर्थिक वर्षको बजेटमै पारेका हुन् । पश्चिमाञ्चल र मध्यमाञ्चल विकास बैंकको आर्थिक स्थिति खराब नभए पनि अरू तीन वटा बैंकको भने पुँजीकोष क्षयीकरण भएपछि नकारात्मक नेटवर्क बनेको थियो । तर, अर्थमन्त्री महतले सर्वसाधारणका नाममा ३४ प्रतिशत सेयर आफैंले खरिद गरी पुँजीकोष क्षयीकरण भएका बैंकहरूलाई समेत समेटी मर्जरको प्रक्रियामा लैजान भूमिका खेलेका थिए ।
अहिले उक्त बैंकमा सरकारको १०.८९, नेपाल राष्ट्र बैंकको ६.६, नेपाल बैंक लिमिटेडको ३.३, राष्ट्रिय वाणिज्य बैंकको ३.३, हिमालयन बैंकको ३.३, नेपाल बंगलादेश बैंकको ३.३, नेपाल इन्भेस्टमेन्ट बैंकको १.६, निर्धन उत्थान बैंकको ६.६, गु्रपको २६.१८, लगानीकर्ताहरूको ०.८८ प्रतिशत सेयर छ ।
आफ्नो अधिकतम सेयर रहेको उक्त बैंकलाई गत वर्ष राज्यकोषबाट २५ करोड हाल्दा पनि चित्त नबुझाएका अर्थमन्त्री महतले बैंकलाई पोस्न एउटा अर्को योजना अहिले ल्याउन लागेका छन् । उनले एउटा सीमासम्म खराब ऋणीहरूको ऋण मिनाहा गरेर अर्बौं रुपियाँ राज्यकोषलाई भार पार्ने तयारी गरिरहेका छन् । विदितै छ, ऋणीहरूको ऋण मिनाहा गर्दा राज्यले सम्बन्धित बैंकलाई रकम दिनुपर्ने हुन्छ । विगतमा डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा कृषि विकास बैंकबाट ऋण लिएर नतिर्ने खराब ऋणीहरूको कर्जा मिनाहा गरिएको थियो । त्यसले राज्यकोषलाई अर्बौं भार पर्न गएको थियो । अहिले अर्थमन्त्री महतले पनि आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नो अधिकतम सेयर रहेको उक्त बैंकलाई उकास्ने अभियानमा लागेका छन् ।
ऋणीहरूको ऋण मिनाहा गरेपछि उक्त बैंकको वित्तीय स्थितिलाई मजबुत बनाउने र त्यसो हुँदा आफ्नो सेयरको उच्च मूल्यांकन हुने अपेक्षामा अर्थमन्त्री डा.महतले यस्तो कदम चालेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply