संविधान निमार्णले लियो गति
काठमाडौंं । प्रतिपक्षी दलहरूको असहमतिका बीच पनि संविधान निमार्ण प्रक्रियाले गति लिएको छ । सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माण प्रक्रिया अघि बढाउन भोलि संविधानसभाको पूर्ण बैठक डाकेका छन् भने प्रस्ताव निर्माण समितिले प्रश्नावली निर्माणको काम तीव्रताका साथ अगाडि बढाएको छ । सो समितिले तयार गरिरहेको प्रश्नावलीलाई प्रक्रियामा लैजान बैठक डाकिएको हो ।
प्रश्नावली निमार्णका लागि गठित प्रस्ताव समितिअन्तर्गतको उपसमितिले हिजो तीन वटा विषयमा केन्द्रित रहेर प्रश्न तयार पारिसकेको छ । न्याय प्रणाली, शासकीय स्वरूप, राज्यको पुन:संरचना, मौलिक हक, प्रस्तावना, संवैधानिक निकाय र व्यवस्थापिका स्वरूप गरी सात विषयमा केन्द्रित रहेर प्रश्नावली बनाउने भनिए पनि हिजोको बैठकले मौलिक हक, प्रस्तावना र संविधान संशोधन गरी तीन विषयमा प्रश्नावली तयार पारेको छ । ती प्रश्नावली उपसमितिका संयोजक अग्नि खरेलले हिजै बसेको मूल समितिको बैठकमा पेस गरेका थिए । एक दिन अध्ययन गरेर आज बस्ने बैठकले ती प्रश्नावलीको अन्तिम रूप दिने उपसमितिका सदस्य कृष्णभक्त पोखरेलले बताए । बाँकी चार विषयका प्रश्नावली उपसमितिको आज बस्ने बैठकले तयार पार्ने पनि उनले बताए ।
प्रतिपक्षको अवरोधबीच माघ ११ मा प्रस्ताव समिति सदस्यको नाम घोषणापछि नेम्वाङले संविधानसभाको बैठक स्थगन गरेका थिए । प्रस्ताव निर्माण समितिको कार्यावधि आजसम्म छ । समितिले सोमबार उपसमिति गठन गरी प्रश्नावली बनाउने काम अघि बढाएको थियो । एमाले प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा गठित उपसमितिमा रमेश लेखक, कृष्णभक्त पोखरेल, राधेश्याम अधिकारी, सीपी मैनाली, उषा गुरुङ, श्रीमाया थकाली, कुमार खड्का र अतर कमाल मुसलमान सदस्य छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशितामा प्रतिकूल नहुने गरी प्रश्नावली बनाउने समितिको कार्यादेश छ । समितिले विघटित संविधानसभाका संवैधानिक र विषयगत समितिका प्रतिवेदनहरूमा रहेका विवाद, संवाद समितिका प्रतिवेदन, दल र सभासद्ले प्रस्तुत गरेका अवधारणालाई प्रश्नावली निर्माणका आधारका रूपमा पहिचान गरेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply