हराएका मन्त्री त्यहाँ पो सुटुक्क
काठमाडौं । एकाबिहानै लुम्बिनीको पर्सा चोकमा तीन वटा चिल्ला गाडी देखिए । ती गाडी विस्तारै उत्तरी दिशातिर गुड्न थाले । गाडी सूर्यपुरा र हरैयातिर गुडेको अनुमान गरियो । चोकमा उभिएका मानिसहरूले सोचे– कुनै व्यक्ति लुम्बिनी घुम्न आएका होलान् । तर, त्यस्तो सोच्ने व्यक्तिहरूको अनुमान गलत सावित भयो । त्यही तीन गाडीमध्ये एउटामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री दीपकचन्द्र अमात्य चढेका रहेछन् ।
मन्त्री चढ्ने गाडीमा राष्ट्रिय झन्डा फहराइएको हुन्छ र सुरक्षा गार्ड पनि रहेका हुन्छन् । तर, मन्त्री अमात्यले चढेको गाडीमा भने न झन्डा फहराइएको थियो, न त सुरक्षा गार्ड नै थिए । गत माघ १३ गते लुम्बिनीमा देखिएको यस्तो रोचक दृश्यले सबैलाई चकित तुल्याउनु स्वाभाविक थियो ।
मन्त्री अमात्यको पूर्वजानकारीबिना भएको लुम्बिनी भ्रमणको कथा निकै रोचक छ ।
‘मलाई आज त्यति सञ्चो छैन । म आराम गर्छु । कसैलाई पनि क्वार्टरमा नबोलाउनुहोला’– लुम्बिनी जानुभन्दा केही घन्टाअघि गत माघ १२ गते दिउँसो ४ बजे मन्त्रालयबाट मन्त्री निवास पुल्चोक पुगेका अमात्यले आफ्ना स्वकीय सचिव चन्द्र लामालाई अह्राए । उनी आराम गर्ने मनसायले कोठातिर लागे । तर, आराम गर्न कोठामा छिरेका मन्त्री अमात्य केही समयपछि नै बाहिर निस्किए र पीएसओ नलिई एयरपोर्टतिर हुँइकिए । राति क्वार्टरमा मन्त्री अमात्यको खोजी भयो । क्वार्टरमा मन्त्री फेला नपरेपछि उनको खोजी सुरु भयो । पछि, बुझ्दा बेलुकीपखको जहाज चढेर उनी भैरहवा पुगिसकेको पत्ता लाग्यो । त्यसपछि, हतार–हतार मन्त्री अमात्य भैरहवा पुगेको हुँदा उनको सुरक्षार्थ सुरक्षाकर्मीहरू खटाउन रूपन्देही प्रहरीकहाँ खबर पुग्यो । मन्त्री अमात्य भैरहवा भ्रमणमा आउनेबारे रूपन्देहीको सुरक्षा निकायलाई पूर्वजानकारी दिइएको थिएन । तर, मन्त्री आएको थाहा पाएपछि उनी कुन होटलमा बसेका छन् भनेर खोजी सुरु भयो । गुपचुप रूपमा भैरहवा पुगेका मन्त्री अमात्य त्यस रात लुम्बिनी विकास कोषभित्रको जग्गा भाडामा लिएर निर्माण गरिएको कासाइ होटलमा बसेको पत्ता लाग्यो ।
त्यही रात उनले होटल कासाइमा एमाओवादीले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा नियुक्त गरेका विवादास्पद व्यक्ति अजितमान तामाङ, कोषको प्रोजेक्ट म्यानेजर इमानसिंह मोक्तान र बोर्डका सदस्य प्रवीण शाक्यलाई मात्र भेटे । मन्त्रीसहित चार जनाबीच राति भएको योजनाअनुरूप नै भोलिपल्ट बिहान उनीहरू लुम्बिनीकै गोप्य थलोतिर लागेको बताइन्छ । गोप्य थलोमा मन्त्री अमात्य र चिनियाँ ठेकेदारहरूबीच केही गोप्य सम्झौता भएको अनुमान गरिएको छ । ती सबै कामको प्रबन्ध सदस्य–सचिव तामाङले गरेका थिए । एक रातको लुम्बिनी बसाइमा चिनियाँ ठेकेदार र कोषका सीमित मानिसहरूलाई भेटेर उनी भोलिपल्ट नै काठमाडौं फर्किएका थिए । कोषका अरू पदाधिकारीलाई मन्त्री अमात्य आएको जानकारी नै दिइएन । पहिला–पहिला मन्त्री आउँदा कोषका कर्मचारीहरूले स्वागत गर्ने प्रचलन थियो । तर, मन्त्री स्वयम्ले सदस्य–सचिव तामाङलाई ‘कसैलाई पनि जानकारी नदिनू’ भनेका हुँदा मन्त्रीको भ्रमण अत्यन्तै गोप्य राखिएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply