माओवादीका यी नेता यता न उता
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी विभाजन भएको दुई महिना बितिसक्दा पनि सो पार्टीका नेताहरूको एउटा पंक्ति कुन समूहतिर लाग्ने भन्ने अलमलमा छ । वैद्यको नेतृत्वबाट क्रान्ति सम्भव छैन भन्दै पार्टी फुटाएका नेत्रविक्रम चन्दसँग पनि जान नसक्ने र वैद्यसँग पनि बस्न नसक्ने अवस्थामा सामान्य कार्यकर्ता मात्र होइन, केन्द्रीय तहकै दुई दर्जनभन्दा बढी नेता छन् ।
अचम्म त के छ भने पार्टी विभाजनअघिको अन्तिम चरणसम्म पनि पार्टी फुटाउनुपर्छ भन्दै विप्लवलाई सल्लाह दिनेहरू नै अहिले विप्लवसँग गएका छैनन् । ऋषिराज बराल, मौसम लिम्बू र रामदीप आचार्य पार्टी विभाजन अघिसम्म विप्लवको नेतृत्वमा पार्टी विभाजन गरेर पार्टीलाई क्रान्तिको नयाँ दिशामा लैजानुपर्छ भन्नेमा थिए । तर, अहिले उनीहरू तीनै जना विप्लवसँग छैनन् । वैचारिक रूपमै उनीसँग कुरा नमिलेर सँगै जान नसकिएको बरालले बताए । विप्लवसँग जान नसके पनि उनीहरू वैद्यसँग पनि रहन सकेका छैनन् । स्रोतका अनुसार, मजदुर नेता आचार्य आफूलाई विप्लवसँग निकट भएको देखाउन चाहन्थे तर खासमा उनलाई विप्लवले पनि विश्वास नगर्ने र वैद्यले पनि विश्वास नगर्ने भएपछि पेण्डुलम भएका हुन् । लिम्बूले औकातभन्दा माथिको पद मागेको र विप्लवले दिन नसकेकाले उनी पनि यता न उताको भएको बताइन्छ ।
एनेकपा (माओवादी)मै छँदा सो पार्टीको महिला संगठनको केन्द्रीय अध्यक्ष भएकी जयपुरी घर्तीको अवस्था पनि घर न घाटको जस्तै भएको छ । उनले पार्टी विभाजनलगत्तै वैद्यसँग बस्न नसक्ने र विप्लवसँग पनि जान नसक्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । स्रोतका अनुसार, उनको अहिले पनि भित्री समर्थन विप्लवलाई नै छ तर तीन पटक अप्रेसन भइसकेकाले शारीरिक अस्वस्थताका कारण सक्रिय राजनीतिबाट टाढा भएकी हुन् । पार्टी विभाजन गर्न दाङमा डाकिएको विप्लवको राष्ट्रिय भेलामा यी तीनै जना अनुपस्थित थिए ।
उक्त भेलामा गएका नेकपा–माओवादीमा रहँदाका २३ जना केन्द्रीय सदस्य अहिले विप्लवले घोषणा गरेको केन्द्रीय समितिमा छैनन् । उनीहरूले भूमिगत जान नसक्ने बताएपछि केन्द्रीय कार्यसमितिमा नराखिएको बताइन्छ । यो सूचीमा एकराज भण्डारी, मंगल विश्वकर्मा, टेकबहादुर बलम्पाकी, गुणराज लोहनीकी श्रीमती सरला रेग्मी, श्रवण भट्टराई, वसन्त घर्ती, बाबुराम नेपालीलगायत छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply