माधवद्वारा संवादको पहल
काठमाडौं । दुई ध्रुवमा बाँडिएका दलहरूबीच संवाद बन्द छ । प्रधानमन्त्री सुशील कोइरालाले एक पटक घरमै पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नुका साथै वार्तामा आउन लिखित आग्रह गरे पनि संवादको ढोका खुलेको छैन । माघ ५ गतेबाट बन्द भएको उक्त ढोका खोल्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पहल थाल्नुभएको छ ।
स्रोतका अनुुसार, सोमबार बिहान नेता नेपालले एमाओवादी अध्यक्ष दाहालसँग कुराकानी गर्नुभएको छ । सहमतिबाटै संविधान बनाउनुपर्छ भनेर सत्तापक्षले लिखित प्रतिबद्धता नजाएसम्म वार्तामै नबस्ने भन्दै आन्दोलन घोषणा गरेको मोर्चाका संयोजक दाहाललाई नेपालले आन्दोलन छोडेर वार्तामा बस्नुको विकल्प नरहेको बारेमा सम्झाउनुभएको थियो । जवाफमा अध्यक्ष दाहालले आफूहरू वार्ताविरोधी नभएको तर सत्तापक्षबाट वार्ताका लागि आवश्यक वातावरण तयार नगरेकाले वार्ता हुन नसकेको दोहोर्याउनुभएको थियो । नेता नेपालको भनाइ थियो– ‘यसरी वार्तामै नआउने अडान लिनुभयो भने एमाओवादीले मानेन, वार्तामै आएन, त्यसैले प्रक्रिया अघि बढाउनुपर्छ भन्ने मान्यतामा बल पुग्छ । सहमतिका लागि वार्तामा बस्नुपर्छ ।’
मिलिसकेका विषयमा सहमति कायम गरेर प्रक्रियामा लैजान र सहमति हुन बाँकी संघीयतामा बसेर सहमतिका गर्नका लागि वार्ता छिटो सुरु गर्न नेता नेपालले सझुाव दिनुभएको थियो । त्यसका लागि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँगै अध्यक्ष दाहाललाई राखेर सोमबारै कुरा गर्ने नेता नेपालको प्रयास भने सफल भएन । दाहालले ‘अहिल्यै तीनै जना बसेर कुरा नगरौं, पहिला छुट्टाछुट्टै कुरा गरौं’ भनेका कारण हिजो चार जना नेताबीच एकै ठाउँमा बसेर कुराकानी हुन सकेन । तर, नेता नेपालले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई पनि वार्ता छिटो सुरु गर्नका लागि तात्न हिजै झक्झक्याइसक्नुभएको छ । ‘जति ढिलो गर्यो, त्यति क्षति हुन्छ’– नेपालले भन्नुभएको थियो– ‘प्रक्रियामा जानकै लागि पनि पहिला वार्ताका विषयमा टुंगोमा पुग्नुपर्छ । आशंकामा रहेका प्रतिपक्षलाई विश्वासमा लिन सकिने वातावरण छ, पहल छिटो गर्नुपर्छ ।’
यता, एमाओवादी अध्यक्ष दाहालले भने फागुन १६ मा राजधानीमा आयोजना गर्न लागेको प्रदर्शनमा कम मान्छे जुट्लान् कि भनेर तुरुन्तै वार्तामा बस्न मन नगरेको बुझाइ सत्तापक्षको छ । फेरि वार्ता सुरु भयो भनेपछि सभामा मानिस नआउलान् भन्ने उहाँलाई डर भएको उनीहरूको निष्कर्ष छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply