सभाध्यक्षले प्रचण्डलाई सोधे– ‘अब कति दिनमा टुंग्याउनुहुन्छ ?’
काठमाडौं । ‘अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगित गरेमा सहमति हुन्छ भन्नुभएको थियो । अब कति दिनमा टुंग्याउनुहुन्छ ?’
मंगलबार बिहान यो प्रश्न सुनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अकमकिए । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नरम शैलीमा आफ्नो भनाइ जारी राखे– ‘मैले पहिले पनि भनेको थिएँ, आज पनि भन्छु, तपाईंहरूले सहमति गर्न नसकेको होइन, गर्न नचाहेको हो ।’
संवैधानिक परिषद्को बैठक बस्दै गर्दा दाहालले जवाफ दिए– ‘वास्तवमा तपाईंले भने जस्तै भएको छ । सहमति गर्न नसकेको भन्दा पनि गर्न नचाहेको जस्तो भएको छ ।’ उनले प्रधानमन्त्री सुशील कोइरालातिर देखाउँदै भने– ‘हाम्राबीच कुराकानी भइरहेको छ, सकारात्मक पनि छ । अब छिट्टै होला ।’
सभाध्यक्ष नेम्वाङले दाहाललाई अझ कसे– ‘कति दिनमा सक्नुहुन्छ ? मलाई दिन दिनुहोस् ।’
जवाफमा दाहालले अलि लामो व्याख्या गरे– ‘हेर्नुहोस, आज म तपाईंलाई यति दिन भनौं, भोलि हुँदैन । त्यसैले सहमति छिट्टै हुन्छ, आजै पनि हुन सक्छ,
भोलि पनि हुन सक्छ, पर्सि पनि लाग्न सक्छ ।’
दाहालको जवाफले पनि नेम्वाङ सन्तुष्ट भएनन् । उनले फेरि सोधे– ‘तपाईंहरूका बीचमा बैठक नै बसेको छैन । यस्तो किन भइरहेको छ ?’
सभाध्यक्ष नेम्वाङलाई आश्वस्त पार्दै दाहालले भने– ‘बैठक बस्नु ठूलो कुरा होइन । दिनदिनै बैठक बस्यो, फेरि केही निष्कर्ष निस्केन, आज पनि बैठक निष्कर्षविहीन, नेताहरूबीच कुरा मिलेन भन्ने समाचार बन्छ । त्यसले जनता इरिटेड हुन्छन्, फेरि निराशा बढ्छ । त्यसैले विषयवस्तुका बारेमा अनौपचारिक रूपमा छलफल गरौं र औपचारिक बैठक बसौंला भनेर अहिले बैठक नबसेको हो ।’
दाहालसँगको कुराकानीका क्रममा सभाध्यक्ष नेम्वाङले चर्को रूपमा प्रस्तुत भइरहेका एमाओवादी नेता बाबुराम भट्टराईतर्फ इंगित गर्दै ‘त्यसरी प्रस्तुत हुुनुको साटो आफ्नो जिम्मेवारी निर्वाह गरेको भए समस्या नै आउने थिएन’ भनेका थिए । भट्टराई नेतृत्वको राजनीतिक संवाद तथा सहमति समितिले सहमति जुटाउन नसक्दा विवादित विषयवस्तु संविधानसभामा प्रवेश गराउनुपरेको थियो । नेम्वाङले फेरि पनि सहमति हुनासाथ त्यही समितिमा प्रस्ताव पठाउने र मस्यौदाका लागि मस्यौदा समितिमा पठाउने उपाय सुझाइरहेका छन् । उनले दलहरूका बीचमा विषयवस्तुमा सहमति हुनासाथ प्रस्ताव निर्माण समिति तत्काल निष्क्रिय बनाउने आश्वासन पनि दिइरहेका छन् ।
केही दिनअघि सहमतिका लागि भन्दै आफ्नो निवासमा आएका नागरिक समाजका अगुवाहरूकै अगाडि एमाले अध्यक्ष केपी ओलीलाई फोन गर्दै एमाओवादी अध्यक्ष दाहालले भनेका थिए– ‘संविधानसभाको बैठक मिति नतोकेर अनिश्चितकालका लागि रोक्नुहोस्, सहमति हुन्छ ।’ ओलीले पनि वचन दिए र संविधानसभाको गत माघ २९ गते बसेको बैठकपछि अनिश्चितकालका लागि स्थगित पनि भयो । तर, दुई साता बित्दासमेत दलहरूका बीचमा सहमति हुनु त परै जाओस्, एक पटक बैठकसमेत बस्न सकेको छैन ।
आन्दोलन गर्दा कांग्रेस एमालेलाई सजिलो
एमाओवादीले आन्दोलन गरेर कांग्रेस र एमालेलाई देखाइदिने, फागुन १६ गते राजधानीमा जनसागर उतारेर उनीहरूलाई बाध्य पार्ने जस्ता कुरा गरिरहेको छ । तर, एमाओवादी मोर्चाको आन्दोलनले चाहिँ एमाओवादी मोर्चा सहमति चाहँदैन र सहमतिमा जानु हुन्न भन्ने पक्षलाई बल पुर्याइरहेको छ । एमाले र कांग्रेसको ठूलो पंक्ति एमाओवादीले विगतदेखि नै दु:ख दिएका कारण उसलाई पर्खेर समय खेर फाल्न नहुने र छिटोभन्दा छिटो प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने पक्षमा छ । एमालेका एक नेताले भने– ‘एमाओवादी नेतृत्वलाई यो कुरा भनिएको छ कि तपाईंहरू वार्तामा आउन जति ढिलो गर्नुहुन्छ, प्रक्रियामा जानुपर्छ भन्ने पक्ष त्यति बलियो हुन्छ, सहमतिको कुरा त्यति कमजोर हुन्छ । त्यसैले छिटो वार्तामा आइहाल्नुहोस् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply