सभासद्भन्दा पनि वडाध्यक्ष प्यारो
काठमाडौं । तीन वर्षअघि रामवीर मानन्धरको हैसियत नेकपा (एमाले)को महानगरपालिकाको एक प्रतिबद्ध कार्यकर्ता र काठमाडौं महानगरपालिका वडा नं. १६ को दुई कार्यकाल गुजारिसकेका पूर्वअध्यक्षको रूपमा थियो । महानगरपालिकाको विकास, निर्माणलगायत अरू कार्यहरूमा राम्रै दख्खल राख्ने उनलाई तत्कालीन समयमा एमालेले महानगरपालिकाको राजनीतिक संयन्त्रमा प्रतिनिधित्व गर्ने जिम्मा दियो । उनलाई पठाइँदा पार्टीले रामै्र फाइदा लिनसक्ने सम्भावना देखेर नै महानगरपालिकामा पार्टी प्रतिनिधिका रूपमा पठाइएको थियो ।
पन्ध्र महिनाअघि राम्रो जनाधार भएका मानन्धरले काठमाडौंको क्षेत्र नं.७ बाट नेपाली कांग्रेसका प्रमिलादेवी डंगोललाई करिब तीन हजार मतले पराजित गर्दै निर्वाचन जिते । उनले त्यसअघि सोही क्षेत्रबाट निर्वाचित हिसिला यमीलाई तेस्रो स्थान सीमित तुल्याइदिए । दुई–दुई पटक वडाध्यक्ष जितिसकेका र सबभन्दा धेरै मतदाता रहेको १६ वडाका जनताबीच लोकप्रिय रहेका मानन्धरले स्थानीय मुद्दाहरू उठाएकै कारण राम्रै परिणाम ल्याएर चुनाव जितेका थिए । सभासद्मा निर्वाचित भएपछि उनले महानगरपालिकाको संयन्त्रमा बस्न अनिच्छा जाहेर गर्लान् भन्ने अपेक्षा धेरैले
राखेका थिए । किनभने, सभासद् भइसकेका व्यक्ति महानगरपालिकाको राजनीतिक संयन्त्रमा बस्न सुहाउने विषय पनि थिएन । तर, महानगरपालिका धेरै बजेट हुने थलो भएको र त्यहाँको राजनीतिक संयन्त्रमा रहँदा आफ्नो क्षेत्रका संघसंस्थाहरू र विकास निर्माणका कार्यहरूमा राम्रै बजेट पार्न सकिने भएको हुँदा अहिलेसम्म पनि मानन्धरले उक्त संयन्त्र छाड्ने इच्छा देखाइरहेका छैनन् । महानगरपालिकाको संयन्त्र छाड्न मानन्धरलाई आफ्नै क्षेत्रका कार्यकर्ताले अनुरोध गरे पनि उनले सिधै ‘सभासद्ले आफ्नो क्षेत्रमा १०/१५ लाखभन्दा बढी खर्च गर्न सक्दैनन्, तर महानगरपालिकामा त आँखा झिम्क्याएकै भरमा आफ्नो क्षेत्रमा करोड झार्न सकिन्छ, किन छाड्नु ?’ भनेर जवाफ दिने गरेका छन् । उक्त संयन्त्रमा एमालेबाट मानन्धरसहित, विद्यासुन्दर शाक्य र विद्या न्यौपाने छन् ।
यसअघि, महानगरपालिकाको राजनीतिक संयन्त्रमा नेपाली कांग्रेसका सभासद् ध्यानगोविन्द रञ्जित रहँदा आफ्नै कार्यकर्ताहरूले तीव्र विरोध जनाएपछि उनले छाडेका थिए । सभासद् भइसकेपछि पनि रञ्जितले उक्त संयन्त्र नछाडेपछि उनको तिखो विरोध भयो र त्यही कारण उनी छाड्न बाध्य भएका थिए । रञ्जितले छाडेपछि उनको स्थानमा भगवान शाक्यले मौका पाएका थिए । मानन्धरले महानगरपालिकाको संयन्त्रमा सहभागिता जनाएपछि पार्टी कमिटीसँग समन्वय गरेर काम गर्नेभन्दा पनि आफू अनुकूलका संस्थाहरूलाई बजेट पार्ने र विकास निर्माणका कामहरू पनि आफ्नो क्षेत्रमा मात्र पार्ने गरेको आरोपसमेत कार्यकर्ताहरूले लगाउँदै आएका छन् । तर, महानगरपालिकाको एउटा उपसमितिको संयोजकसमेत रहेका मानन्धरले हिजो बुधबारसँग भने– ‘महानगरपालिकाको राजनीतिक संयन्त्रमा मलाई पार्टीले ०६७ सालमै पठाएको हो । तर, अहिले पार्टीले कुनै अर्को निर्णय गरेको छैन ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply