बाबुराम फर्केपछि खैलाबैला
काठमाडौं । नेता बाबुराम भट्टराई भारत भ्रमणबाट फर्केपछि एमाओवादीभित्र खैलाबैला सुरु भएको छ । एमाओवादीको अहिलेको धुव्रीकरणमा को कता लाग्ने भन्नेबारेमा तलका कमिटीसम्म तीव्र बहस सुरु भएको बताइन्छ ।
आफूसँगै गएका पार्टीका महासचिव कृष्णबहादुर महरालाई सहभागी नगराई भारतीय नेतासँग गरेको गोप्य भेटघाटको क्रममा भट्टराई भारत पनि नेपालको शान्ति प्रक्रियाको एक पक्ष भएको भन्दै नेपालमा हस्तक्षेपका लागि आह्वान गरेको कुरा सार्वजनिक भएपछि उनलाई हेर्ने एमाओवादी दृष्टिकोणमा फरक आएको छ । एमाओवादीभित्र पनि अध्यक्ष पुष्पकमल दाहाल खराब हुन् भन्ने पंक्ति स्वाभाविक रूपमा भट्टराईसँग नजिक थियो । त्यो पंक्ति अहिले उनीसँग बिच्किएको छ । त्यसो त, भट्टराईलाई पार्टीभित्रैबाट ‘भारतीय एजेन्ट’ को आरोप लाग्ने गरेको थियो । हिजो यो आरोपको खण्डन गर्न अगाडि तम्सिनेहरू
अहिले ‘उनी त उतैका रहेछन्’ भन्ने निष्कर्षमा पुगेको एमाओवादी स्रोतले बतायो ।
दाहाल खराब हुन् भन्ने बुझाइमा टस न मस भएका र अहिले भट्टराई पनि उतैका रहेछन् भन्ने निष्कर्षमा पुगेकाहरू अब कता लाग्ने भन्नेमा दोधारमा रहेको बुझिएको छ ।
०५६ सालमा एमालेको वडा कमिटीको सदस्य रहे पनि एमाओवादीमा लाग्नासाथ एकैचोटि अकासिएका प्रभू साहहरूले पछिल्लो समयमा भट्टराईलाई काँध थाप्न छाडिसकेका छन् । ‘म बुझेर माओवादी आन्दोलनमा लागेको हुँ, प्रचण्ड भावनामा लागेका हुन्’ भनेर हिजो आफ्नो गुटको भेलामा प्रशिक्षण दिने भट्टराईले भारत भ्रमणको क्रममा राष्ट्रियतामाथि नांगो नाच नाचेपछि टोपबहादुर रायमाझी पनि उनीसँग टाढिएको बताइन्छ ।बाबुराम फर्केपछि खैलाबैला
काठमाडौं । नेता बाबुराम भट्टराई भारत भ्रमणबाट फर्केपछि एमाओवादीभित्र खैलाबैला सुरु भएको छ । एमाओवादीको अहिलेको धुव्रीकरणमा को कता लाग्ने भन्नेबारेमा तलका कमिटीसम्म तीव्र बहस सुरु भएको बताइन्छ ।
आफूसँगै गएका पार्टीका महासचिव कृष्णबहादुर महरालाई सहभागी नगराई भारतीय नेतासँग गरेको गोप्य भेटघाटको क्रममा भट्टराई भारत पनि नेपालको शान्ति प्रक्रियाको एक पक्ष भएको भन्दै नेपालमा हस्तक्षेपका लागि आह्वान गरेको कुरा सार्वजनिक भएपछि उनलाई हेर्ने एमाओवादी दृष्टिकोणमा फरक आएको छ । एमाओवादीभित्र पनि अध्यक्ष पुष्पकमल दाहाल खराब हुन् भन्ने पंक्ति स्वाभाविक रूपमा भट्टराईसँग नजिक थियो । त्यो पंक्ति अहिले उनीसँग बिच्किएको छ । त्यसो त, भट्टराईलाई पार्टीभित्रैबाट ‘भारतीय एजेन्ट’ को आरोप लाग्ने गरेको थियो । हिजो यो आरोपको खण्डन गर्न अगाडि तम्सिनेहरू
अहिले ‘उनी त उतैका रहेछन्’ भन्ने निष्कर्षमा पुगेको एमाओवादी स्रोतले बतायो ।
दाहाल खराब हुन् भन्ने बुझाइमा टस न मस भएका र अहिले भट्टराई पनि उतैका रहेछन् भन्ने निष्कर्षमा पुगेकाहरू अब कता लाग्ने भन्नेमा दोधारमा रहेको बुझिएको छ ।
०५६ सालमा एमालेको वडा कमिटीको सदस्य रहे पनि एमाओवादीमा लाग्नासाथ एकैचोटि अकासिएका प्रभू साहहरूले पछिल्लो समयमा भट्टराईलाई काँध थाप्न छाडिसकेका छन् । ‘म बुझेर माओवादी आन्दोलनमा लागेको हुँ, प्रचण्ड भावनामा लागेका हुन्’ भनेर हिजो आफ्नो गुटको भेलामा प्रशिक्षण दिने भट्टराईले भारत भ्रमणको क्रममा राष्ट्रियतामाथि नांगो नाच नाचेपछि टोपबहादुर रायमाझी पनि उनीसँग टाढिएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply