झलनाथ फेरि रातारात सुटुक्क
काठमाडौं । शीर्ष नेताहरू संविधानका बारेमा सहमति बनिहाल्छ कि भनेर दौडधुपमा छन् । परिणाम ननिस्के पनि दिनदिनै हुने बैठकमा अरू नेता देखिए पनि एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चाहिँ देखिनुहुन्न । बैठकमा उपस्थित हुन नसक्ने गरी खनाल न कुनै पार्टी काममा जिल्लातिर जानुभएको थियो न त उहाँलाई केही बिसञ्चो नै थियो । उहाँलाई चाहिँ अहिले अर्कै चिन्ताले सताएको छ । एमाले अध्यक्ष केपी ओली पनि वरिष्ठ नेता खनालको ताल देखेर छक्क पर्नुभएको छ । दुई साताअघि एसियाली राजनीतिक दलहरूको संगठन आइक्यापको बैठकमा भाग लिन आफैंले मलेसिया पठाएका खनाल बिनाकाम बैंकक आएर किन दुई रात बस्नुभयो भन्ने प्रश्नको उत्तर खोज्न नभ्याउँदै गत बिहीबार अध्यक्ष ओलीकहाँ अर्को सूचना पुग्यो– उहाँ त आजै राति हङकङ जाँदै हुनुहुन्छ । ओलीले शुक्रबार बिहान आफ्नै निवासमा आयोजना गरेको एमाओवादीसँगको बैठकमा सहभागी हुन खबर गर्न नखोजेको भए खनाल हङकङ गएको थाहै हुने रहेनछ । पीएले बैठकका लागि खबर गर्दा उहाँ बाहिर जान लागेको सूचना पाउनुभयो र ओलीलाई जानकारी गराउनुभयो । त्यसलगत्तै खनाल स्वयम्ले ओलीलाई फोन गरेर आफू बाहिर जान लागेको भन्दै एअरपोर्टतिर हिड्नै लागेको बताउनुभएको थियो । ओलीले विदेश जान लागेका नेतालाई धेरै त भन्नुभएन तर यस्तो बेला के काम पर्यो र त्यस्तो भनेर चाहिँ सोध्नुभयो । जवाफमा खनालले अलि धपेडी पनि भएकाले रिफ्रेस हुन जान लागेको जवाफ दिएको थाहा भएको छ । विदेशमा व्यापार भएका व्यवसायी झैं पूर्वप्रधानमन्त्री खनाल बारम्बार किन बाहिर जानुहुन्छ होला ? एमाले पंक्तिमा यस्तो जिज्ञासा उठेको छ । दुई महिनाअघि यसैगरी रहस्यमय रूपमा चीन पुग्नुभएका खनाललाई यसपटक पनि उहाँका स्वकीय सचिव तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले साथ दिनुभएको छ । भीम आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थल निर्माणको जिम्मा विदेशी कम्पनीलाई दिनुपर्यो भन्दै जापानी र मलेसियाली कम्पनीको स्थानीय एजेन्टका रूपमा मन्त्रालयमा धाउनुहुने अमात्य स्वयम् मन्त्री भएपछि खनाल आर्थिक उपार्जनको काममा विशेष सक्रिय भएको देखिएको छ ।
खनाल हङकङ गएको थाहा पाएपछि पूर्वपर्यटनमन्त्री भीम आचार्यले ‘ए, उठाउन गएको होला नि’ भन्दै सिंहदबारमा सभासद्हरूबीच भन्नुले पनि खनालको भित्री धन्दा के छ भन्ने जिज्ञासा उठाएको छ । प्रधानमन्त्री भएपछि ५० करोडमा माछापुच्छ्रे हर्बल उद्योग किन्नुभएका खनालको उक्त उद्योग निरन्तर घाटामा गएपछि छटपटी बढ्नु अस्वाभाविक भएन । यही अन्तिम मौका हो भनेजसरी खनालले त्यस काममा बारम्बार पर्यटनमन्त्री अमात्यलाई उपयोग गरिरहनुभएको छ । एमालेका एक नेता भन्नुहुन्छ– ‘यसमा के आश्चर्य भयो र ? यसैका लागि त पीएलाई मन्त्री बनाउनुभएको होला नि ।’खनाल सोमबार राति स्वदेश फर्किनुभएको छ । उहाँ किन हङकङ जानुभएको हो भन्ने विज्ञासामा उहाँका पीए कृष्ण भट्टराईले केके न व्यस्त भए जस्तै हतार–हतारमा ‘कल्चरल प्रोग्राममा जानुभएको हो’ भनेर फोन राखिदिनुभयो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply