प्रस्ताव ल्याउन सभाध्यक्ष तयार
काठमाडौं । दुई महिनाअघि दलहरूका बीचमा सहमति नबन्ने संकेत देखिएपछि सबैले मान्ने भए म प्रस्ताव ल्याउन तयार छु भनेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ दलहरूको ताल देखेर दिक्क हुनुहुन्छ । आइतबार साँझ आफूलाई भेट्न निवासमै आएका विपक्षी दलका नेतासमक्ष उहाँले प्रस्ताव राख्नुभयो– ‘तपाईंहरू मान्नुहुन्छ भने म प्रस्ताव ल्याउन तयार छु । त्यसबाट तपाईंहरूलाई पनि सजिलो हुन्छ ।’
कांग्रेस–एमालेसँग दुई तिहाइ बहुमत भएका कारण उनीहरू कुनै पनि हालतमा प्रक्रिया सुरु गरेर संविधान ल्याउन लागिरहेका छन् । यस्तो बेलामा दाहाल नेतृत्वको विपक्षी मोर्चाले जतिसुकै दबाब दिए पनि त्यसले काम गर्नेवाला छैन । यही मौका छोपेर नेम्वाङको प्रस्ताव थियो– ‘पहिले मैले भन्दा कृष्ण सिटौलालगायतका साथीहरूले त विरोध गर्नुभयो, तपाईंहरूले पनि कुरा बुझ्नुभएन । मैले प्रस्ताव ल्याएको भए कम्तीमा पनि तटस्थ देखिनका लागि तपाईंहरूका कुरा पनि समेट्थें, जुन कांग्रेस–एमालेले गर्दैनन् ।’ त्यो कुरा सुनेपछि टाउको हल्लाउँदै दाहालले ‘त्यो त हो है’ भन्नुभएको थियो । दाहालको भनाइ थियो– ‘खोइ सहमति होला जस्तो लाग्दैन । हामी त अब आन्दोलनतिर लाग्नुपर्ने भयो । कांग्रेस–एमालेले सहमति चाहेका छैनन् ।’
सभाध्यक्ष नेम्वाङ र विपक्षी नेता दाहालबीचको उक्तकुराकानी पछि सभाध्यक्षलाई सहमति प्रस्ताव ल्याउन दिनेबारेमा फेरि छलफल हुने सम्भावना बढेको छ । कांग्रेस–एमालेको मोर्चासँग दुई तिहाइ बहुमत भए पनि संविधानसभा सञ्चालन गर्न चाहिँ अप्ठेरो छ । एकातिर विपक्षी मोर्चाका सभासद्हरूले संविधानसभामा भागै लिएनन् भने के गर्ने भन्ने त छँदैछ, अर्कातिर भाग लिएर अस्ति जस्तो बबन्डर मच्चाए भने के गर्ने भन्ने प्रश्न पनि जटिलै छ ।
सभाध्यक्ष निकट स्रोतले भन्यो– ‘यस्तो अवस्थामा अध्यक्षज्यूले केही पहल गर्दा हुन्छ कि भन्ने आशा मार्नुभएको छैन ।’ सभाध्यक्ष नेम्वाङ स्वयम् चाहिँ एमाओवादी र मधेसी मोर्चालाई पनि फेस सेभिङको मौका दिएर बीचको बाटो निकाल्न सकिन्छ भन्ने पक्षमा हुनुहुन्छ । त्यसका लागि २०६९ जेठ २ गते दलहरूबीच भएको सहमतिलाई आधारका रूपमा लिन सकिने धारणा उहाँले भित्री छलफलमा राख्दै आउनुभएको छ । तर, उक्त कुरालाई कांग्रेस–एमालेले चाहिँ परिस्थिति निकै अघि बढिसकेको भन्दै त्यस कुरालाई अस्वीकार गर्दै आएका छन् । दलहरूका बीचमा सहमति नबन्दा पनि अनिश्चितकालसम्म संविधानसभा रोक्न नमिल्ने उहाँले बताउँदै आउनुभएको छ । ‘जनताले हामीलाई हेरिरहेका छन्’– उहाँको भनाइ छ– ‘हामी के गर्दैछौं भन्ने कुरा उनीहरूलाई भन्नुपर्छ । त्यसका लागि पनि संविधानसभा अनिश्चितकालसम्म रोकिरहन मिल्दैन ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply