आफ्नैबाट प्रम अप्ठेरोमा
काठमाडौं । त्यस दिन प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न आफ्नै मानिसहरू बालुवाटार पुगेका थिए । चरण प्रसाईंले समय मिलाएर डा. गोविन्द केसीको अनशनका बारेमा कुरा गर्न गएकाहरूमध्येबाट बाहिर जे कुरा चुहाइयो, त्यसबाट प्रधानमन्त्री कोइराला तनावमा पर्नुभएको छ ।
प्रसाईंसहित कनकमणि दीक्षित, कपिल श्रेष्ठ, सुवोधराज प्याकुरेल, डा. केदारनरसिंह केसीको टोलीसमक्ष प्रधानमन्त्री कोइरालाले मन खोलेरै कुरा गर्नुभएको थियो । कुरा राख्नेमध्ये दीक्षित तुरुन्त समस्या समाधान गर्ने होइन भने नन्दप्रसाद अधिकारीझैं डा. केसीको हालत पनि हुने र त्यसबाट प्रधानमन्त्रीलाई दोष जाने तर्क गरेका थिए भने प्याकुरेल र प्रसाईंले चाहिँ मेडिकल कलेजहरूमा ठूलो लगानी भइसकेका कारण तिनको पनि समस्या हेरिदिनुपर्ने आशयसहित भनाइ राखेका थिए ।
मानव अधिकारकर्मीका कुरा सुनेर रिसाएका प्रधानमन्त्री कोइरालाले ‘डा. केसी मरे मरुन्, म के गरौं त ?’ भन्नुभयो भनेर पर्सिपल्ट अन्नपूर्ण पोस्टमा समाचार सार्वजनिक भएपछि उहाँ झस्किनु मात्र भएन, के बोलिएछ र भनेर सोधखोजमा पनि लाग्नुभएको थियो । अन्नपूर्णका सम्पादक युवराज घिमिरेले आफ्नै बाइलाइन प्रकाशित गरेको उक्त समाचारले हंगामा मच्चाएपछि सुरुमा केदारनरसिंह केसीले फोन गरेर कसले दियो त्यो समाचार भनेर सोध्नुभएको थियो । तर, सम्पादक घिमिरेले स्रोत बताउन नमिल्ने जवाफ दिएपछि चरण प्रसार्इंले पनि समाचार नदिएको भए राम्रो हुन्थ्यो भन्दै फोन गर्नुभएको थियो । त्यतिले नपुगेर प्रेस संयोजक प्रकाश अधिकारीका नामबाट वक्तव्य जारीसमेत गरिएको थियो । तर, विश्वासिलो स्रोतबाट समाचार पाएको भन्दै अन्नपूर्ण पोस्टले खण्डन गर्न नमानेपछि कोइराला झन् तनावमा देखिनुभएको स्रोतले बतायो ।
माधवसँग सहयोग माग
मानव अधिकारकर्मीहरूको टोली बालुवाटार पुग्दा संयोगले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बालुवाटार पुग्नुभएको थियो । वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियालाई स्वास्थ्य उपचारका लागि २५ लाख रुपियाँ दिनुपर्यो भन्नका लागि बालुवाटार पुग्नुभएका नेता नेपालले पनि उक्त संवाद सुन्नुभएको थियो । अप्ठेरोमा पर्नुभएका प्रधानमन्त्री कोइरालाले आइतबार दुई दलको बैठकका लागि बालुवाटार पुग्नुभएका नेता नेपाललाई ‘माधवबाबू, एकछिन तपाईंसँग काम छ’ भन्दै पल्लो कोठातिर लैजाँदा अरूलाई के रहेछ भन्ने लागेको थियो । उहाँको कुरा रहेछ– ‘मलाई अप्ठेरो पर्यो, तपाईं पनि हुुनुहुन्थ्यो । मैले भन्दै नभनेको कुरालाई बाहिर प्रचार गरिएछ । तपाईंले मिडियामा खण्डन गरिदिनुपर्यो ।’ त्यही बीचमा केही सम्झेझैँ गरेर प्रधानमन्त्रीले सोध्नु पनि भयो– ‘मैले त्यस्तो बोलेको थिएँ र ?’ नेता नेपालले पनि त्यस्तो बोलेको नसुनेको जवाफ दिएपछि ‘लौ न बाहिर यही कुरा भनिदिनुपर्यो’ भन्नुभएको थियो । पछि नेपालले बाहिर समाचार कुरिरहेका पत्रकारहरूलाई ‘प्रधानमन्त्रीले त्यस्तो भन्नुभएको होइन है’ समेत भन्नुभएको थियो ।
डा. केसीको आलोचना
त्यस दिन अनशनरत डा. गोविन्द केसीको भने प्रधानमन्त्रीले आलोचना गर्नुभएको थियो । राज्यका नियम, कानुन एकातिर छन्, व्यक्तिगत लहडमा यसरी लागेर कहाँ हुन्छ भन्दै उहाँले आफूलाई अप्ठेरो पार्नका लागि मात्रै त्यसो गरिएको प्रधानमन्त्रीको ठहर थियो । पछि भेटेर फर्किएका मानव अधिकारकर्मीहरूले त्यही कुरालाई बढाइ–चढाइ गरेर प्रस्तुत गर्दा कुरा फुत्किएको रहेछ । भेटमा सहभागी एक अधिकारकर्मीले बुधबारसँग भने– ‘हामीमध्ये कसैबाट पनि पत्रकारलाई भनिएको होइन रहेछ । आपसमा कुरा गर्दा बांगिएर पुगेछ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply