‘प्रधानमन्त्रीमा आँट छैन’
बारा । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले बुद्धि नपुर्याएका कारण सेवा केन्द्र विस्तारमा समस्या देखा परेको बताउनुभएको छ । सिमरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो– ‘सेवा केन्द्र बिस्तारको निर्णयलाई अहिले लागू गर्न हतार गर्नुभन्दा स्थानीय निकायको निर्वाचन गर्न सरकारले तदारुकता देखाउनुपर्छ ।’
मुलुकको आवश्यकता हेरेर काम गर्नुपर्ने भए पनि सरकारले नचाहिँदो कामलाई मात्रै अहिले प्राथमिकतामा राखेको नेता नेपालले टिप्पणी गर्नुभयो । जनताको दैलोमा राज्यले दिने सेवा पुग्नुपर्ने भए पनि सेवा केन्द्र बिस्तार गर्ने सरकारको हचुवा र हतारो निर्णयका कारण विभिन्न ठाउँमा विवाद उत्पन्न भएको उहाँले टिप्पणी गर्नुभयो । ‘केही तत्त्वहरू कसरी हुन्छ अहिले सरकारको विरोधको बहाना खोजिरहेका छन् । यस्तै, बेलामा सरकारले यस्ता निर्णयहरू गरिरहेको छ’– नेपालको भनाइ थियो– ‘अहिले यस्तो निर्णय गर्ने होइन । सरकारको बुद्धि नै पुगेन । सन्तुलन मिलाएर पछि गर्न सकिन्थ्यो ।’
सेवा केन्द्र बिस्तारमै यति ठूलो विवाद भइरहेको बेला देशलाई संघीयतामा लैजानु अत्यन्त चुनौतीपूर्ण रहेको भन्दै पछि घाँडो नहुने गरी राज्यको पुन:संरचना गरिनुपर्ने उनको भनाइ थियो । यद्यपि, नेता नेपालले डा.भट्टराई नेतृत्वको सरकारमा सहभागी मधेसवादी दलका मन्त्रीले नै सेवा केन्द्र विस्तार गर्ने निर्णय गरेको भन्दै सेवा केन्द्र विस्तार गर्ने प्रक्रियालाई मधेसविरोधी भएको भनेर उछाल्न नहुने बताउनुभयो ।
सेवा केन्द्र विस्तार विवादलाई उछालेर केही दलले राजनीति गर्न खोजिरहेको भन्दै सचेत रहन नेता नेपालले जनतालाई आग्रह गर्नुभएको छ । बहुमतीय प्रक्रियाको विरोध गर्दै एकीकृत नेकपा माओवादीसहित ३० दलीय मोर्चाले आह्वान तीनदिने आम हड्तालको कुनै अर्थ नरहेको नेता नेपालले बताउनुभयो ।
‘प्रधानमन्त्रीमा आँट छैन’
प्रधानमन्त्री सुशील कोइरालामा अघि बढ्ने आँट नै नभएका कारण यस्तो स्थिति आएको नेता नेपालले टिप्पणी गर्नुभयो । ‘देशलाई अन्यौलको स्थितीबाट निकास दिनुपर्ने बेला प्रधानमन्त्री कोइराला नै अलमलमा बसिरहनुभएको छ’– उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीमा अघि बढ्ने आँट नै छैन्, कसरी समस्या समाधान हुन्छ ? प्रधानमन्त्री भएपछि त आँट गर्नुपर्यो नि † म भए त यतिबेला अघि बढिसक्ने । यस्ता कुरामा अल्झिएर बस्ने थिइनँ ।’ मुलुकलाई निकास दिने सन्दर्भमा प्रधानमन्त्रीले खासै सक्रियता नदेखाएको नेता नेपालको भनाइ थियो ।
संघीयताको नाममा बहस गरिरहने र संविधान जारी गर्ने दिन लम्ब्याइरहने हो भने देश संक्रमणको स्थितिबाट माथि नउठ्ने उहाँले बताउनुभयो । ‘न सबैलाई मिलाउन सक्या छ । न कसैलाई फकाउन सक्या छ । न त छोड्नय नै सक्या छ । खाली अलमल–अलमल गरेर मात्रै के हुन्छ ?’– पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो– ‘देशले निकास पाउन सक्या छैन, अन्योलको स्थिति छ । एउटै विषयमा बहस मात्रै गरेर बस्नुभन्दा अरू काम गर्न अघि बढ्नुपर्छ ।’
बन्द बेठीक
स्थानीयको निकायको निर्वाचनपछि देशले नयाँ गति लिने भन्दै नेता नेपालले त्यसपछि देशमा संघीयताको विषयमा नभई सुशासन र विकासका साथै आर्थिक क्रान्तिको सवालमा बहस हुने बताउनुभयो । चैत २३ गतेको संविधानसभाको बैठकको निर्णयलाई लक्षित गर्दै मोर्चाले बन्द आह्वान गरे पनि बैठक शोक प्रस्ताव पारित गर्दै स्थगन भएपछि बन्दको आवश्यकता सकिएको नेता नेपालको भनाइ थियो । बन्दले जनताको जनजीवन कष्टकर बन्ने भन्दै नेता नेपालले आम हड्तालको सबै कार्यक्रम फिर्ता लिएर वार्ताको टेबलमा बस्न मोर्चालाई आग्रह गर्नुभयो– ‘अब बन्द र हड्तालको अर्थ छैन । जनतालाई दु:ख दिने काम बन्द गरांै ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply