गोविन्दका नाममा अरूकै मस्ती
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीलाई अघि सारेर मेडिकल ‘माफिया’को एउटा समूहले सिन्डिकेट खडा गर्न खोजेको र त्यसमा सफलता पाउँदै गएको तथ्य विस्तारै सार्वजनिक हुन थालेको छ ।
नयाँ मेडिकल कलेजलाई अनुमति दिनु हुँदैन भन्दै डा.केसीलाई उपयोग गर्नेमा सोही अस्पतालका केही प्राध्यापक डाक्टर, मेडिकल काउन्सिलका केही पूर्वपदाधिकारीदेखि नेपाली कांग्रेस र एमाओवादीनिकट चिकित्सकका साथै मेडिकल अध्ययनका लागि विद्यार्थी विदेश पठाउने कन्सल्ट्यान्सीको समूह रहेको छ ।
स्रोतका अनुसार संगठित रूपमै भइरहेको यो कामको मुख्य नेतृत्व शिक्षण अस्पतालकै डा. जगदीशलाल अग्रवालले गरेका छन् । पुराना मेडिकल कलेज र कन्सल्ट्यान्सीबाट नियमित पैसा लिने, त्यही पैसाले अनशन र सञ्चारमाध्यमको समग्र व्यवस्थापन गर्ने जिम्मा अग्रवाललकै छ । अग्रवाललाई अग्रभागमा राखेर साथ दिनेका नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसी, माओवादीनिकट चिकित्सक जीवन क्षेत्री, मेडिकल एसोसिएसनका महासचिव डा.मुक्तिप्रसाद श्रेष्ठ, मेडिकल व्यवसायमा टाइकुनकै हैसियत बनाएका खुमा अर्याल, मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा.अन्जनीकुमार झा, महाराजगञ्ज शिक्षण अस्पतालकै डा. वाईपी सिंहलगायतको समूह छ ।
यो समूहले डा.केसीलाई हतियार बनाएर नयाँ मेडिकल कलेजलाई रोक्ने र पुरानोबाट नियमित पैसा बुझ्ने गरेको स्रोतको दाबी छ । खासगरी किष्ट मेडिकल कलेज, काठमाडौं मेकिल कलेज र खुमा अयार्लको लगानी रहेको मेडिकल कलेजबाट उनीहरूले नियमित पैसा बुझ्ने गरेका छन् । संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवारसमेत रहेका अर्यालको युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेजलगायतमा लगानी छ ।
नुवाकोटबाट कांग्रेसको महासमिति सदस्यसमेत रहेका डा.केदारनरसिंह केसी कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ हुन् । नेपाल सरकारको १०औं तहको कर्मचारीसमेत रहेका उनी केन्द्रीय कारागारका डाक्टरसमेत हुन् । भ्रष्टाचारविरुद्ध भन्दै केसीलाई अनशनमा उतार्ने उनी आफैं कार्यक्षेत्रमा भने जाँदैनन् । कारागारमा पनि उनी महिनाको एक दिन जाने र महिनाभरिको हाजिर गरेर तलब बुझ्ने गरेको कारागार स्रोतले बतायो । उनको एउटै उद्देश्य कुनै पनि हालतमा मनमोहन अधिकारीका नाममा नयाँ मेडिकल कलेज नदिनु नै रहेको छ । त्यस्तै, काउन्सिलका महासचिव श्रेष्ठको दरबन्दी काभ्रेको कुनै स्वास्थ्य केन्द्रमा छ । तर, उनी त्यहाँ काम गर्न जाँदैनन् । स्रोतले भन्यो– ‘तर, उनीहरूले नै अरूलाई माफिया भनेको सुन्दा अचम्म लाग्छ ।’
डा.केसीका विगतका अनशनमा उनीप्रति समर्थन जनाएका डा.भगवान कोइराला भने यसपटकको अनशनमा देखिएनन् । अनशन अरूको स्वार्थबाट सञ्चालित भएकैले कोइराला चुपचाप बसेको बताइन्छ । यस पटक डा.केसीलाई बढी उचाल्नेमा सबैभन्दा अग्रभागमा जीवन क्षेत्री नामक चिकित्सक देखा परे । चितवन मेडिकल कलेजमा काम गर्ने उनी खाँटी माओवादी कार्यकर्ता हुन् । डा.केसीलाई मोहरा बनाएर एकातिर आर्थिक लाभ लिने र अर्कातिर आफ्नो हैसियत बढाउने ध्याउन्नमा सक्रिय उनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध अस्पतालभित्रै नाराबाजी गराउने हुल निकाल्न लगाएका थिए । नेपालविरुद्ध लगाइएका नारा क्षेत्रीले नै लेखेर दिएका थिए । केसीका नाममा आफू चर्चामा आउन उनले यो तरिका अपनाएको बताइन्छ ।
त्यसो त अरूको बहकाउमा लागेर अनशनमा बसिहाल्ने केसीको पृष्ठभूमि पनि विस्तारै उदांगो हुन थालेको छ । रामेछाप, माकाथुमका केसीका पिता उदयबहादुर खत्री सुन धितो राखेर ब्याज खानमा माहिर थिए । उनका बाबु राप्रपाका नेता नवराज सुवेदीसँग नजिक भए पनि डा.केसी भने कांग्रेससँग नजिक भए । बंगलादेशका पढ्दा उनका एक सहपाठीका अनुसार उनी त्यहाँ एमबीबीएसमा फेल भएका थिए । त्यसपछि त्यहाँ पनि उनी अनशन बसेका थिए ।
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्न रुचाउने डा.केसी विभिन्न माग राखेर यसअघि पनि पाँच पटकसम्म अस्पतालमा अनशन बसिसकेका छन् । तर, उक्त अनशन अवधिभर पनि उनले हाजिर गरेर तलब बुझेका थिए । त्यति मात्र होइन, महाराजगञ्च शिक्षण अस्पतालबाट सबैभन्दा बढी बिमारी निजी अस्पताल तथा क्लिनिकमा यिनकै विभागबाट रिफर हुने गरेका छन् । ‘टिचिङमा २५ वटा विभाग छन् तर सबैभन्दा बढी यिनकै हाडजोर्नी विभागबाट बिरामीलाई निजी क्लिनिकमा पठाइन्छ’– स्रोतले भन्यो । ग्रान्डी, बेलफेयरलगायतका निजी अस्पतालसँग डा.केसीको कनेक्सन रहेको छ । बिरामी रिफर गरेबापत ती अस्पतालबाट पनि यिनले कमिसन खाने गरेको दाबी स्रोतको छ । त्यो कमिसन उनको विभागका सहयोगी चिकित्सकहरूसम्म पुग्ने गरेको र त्यसको बदलामा उनीहरूले केसीको समर्थनमा जुलुस निकाल्ने गरेको टिचिङ अस्पताल स्रोतले बतायो ।कमिसनको खेलको अझै अर्को खतरनाक पाटो के छ भने, डा.केसीले टिचिङका फार्मेसीको औषधी नै स्वीकार गर्दैनन् । भवगान कोइराला त्यहाँको कार्यकारी निर्देशक भएका बेला त्यहाँको फार्मेसीलाई अनिवार्य गराएका थिए । तरनश, डा. केसीले त्यहाँको फार्मेसीमा पाइने औषधी नै लेख्दैनन् । स्रोतले भन्यो– ‘उनले अन्यत्रको औषधी लेख्छन् र फलानो ठाउँमा पाइन्छ’ भनेर पठाउँछन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply