बिहानै घरमा बिरुवा
काठमाडौं । नयाँ वर्षको पहिलो दिन बिहानै एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरमा बेग्लै चहलपहल थियो । खास भेटघाट कार्यक्रम नराखेर घरमै बसेका नेता नेपाललाई भेट्न एक हुल मानिस त्यहाँ पुगेका थिए । भनसुन, सरुवा, बढुवा वा गुनासाका कुरा सुनाउन होइन, उनीहरू एउटा अर्कै उद्देश्य बोकेका थिए ।
१२ जना सहभागीमध्ये पाँच जनाले हातमा एक–एक वटा बिरुवा बोकेका थिए । नयाँ वर्षको मौका पारेर बढीभन्दा बढी बिरुवा रोपौं भन्ने अभियानअन्तर्गत गान्धी इन्टरनेसनल मिसनअन्तर्गत उनीहरू त्यहाँ पुगेका रहेछन् । त्यस संस्थाका अध्यक्ष सुशील अग्रवालले पूर्वप्रधानमन्त्री नेपाललाई भिन्न जातका पाँच बिरुवा हस्तान्तरण गरेर आफ्नो अभियानका बारेमा प्रस्ट्याएका थिए । सिरिस, धुपी, पैयुँ, अमला र आँपका पाँच बिरुवा हस्तान्तरण गरिएको थियो ।
पृथ्वीको सहतभित्र रहेको पानी, तेल जस्ता तरल पदार्थ तानेर ७५ प्रतिशत भाग खोक्रो बनाइसकेको सो संस्थाको दाबी रहेछ । ‘त्यही कुरालाई हृदयंगम गरी हामीले नेपालमा कम्तीमा १० हजार बिरुवा रोप्ने अभियान थालेका छौं’– अध्यक्ष अग्रवालले भने– ‘त्यसका लागि ठूला नेताहरूबाटै सुरु गरेर अभियान अघि बढाइरहेका छौं ।’ उक्त संस्थाले यसअघि जन्म दिन पारेर राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झालगायतलाई पनि यसरी नै बिरुवा हस्तान्तरण गरिसकेको रहेछ । माथि उल्लिखित बिरुवाका अतिरिक्त नेपालको हावापानी सुहाउँदो रुद्राक्ष, अमला, समी, पारिजात, चाँप जस्ता बिरुवा बाँड्नमा संस्थाले जोड दिइरहेको छ । विश्वभर उक्त संस्थाले १० लाख बिरुवा रोप्ने उद्देश्य राखेको छ ।उक्त अवसरमा पूर्वप्रधानमन्त्री नेपालसँग सो टोलीले हालै सार्क सम्मेलनका बेला हतार–हतार रोपिएका बिरुवा मरेकोमा साह्रै चिन्ता प्रकट गरेको थियो । टोलीको भनाइ थियो– ‘बिरुवामा पनि आत्म हुन्छ । त्यसरी सुकाएर मारेको देख्दा हामीलाई मानिस नै मारेझैं लागिरहेको छ । नगरपालिकालाई कैयौं पटक भनिसक्यौं तर सुनुवाइ भएन । यसमा तपाईंंले पहल गरिदिनुपर्यो ।’
उक्त भेटमा पूर्वप्रधानमन्त्री नेपालले बिरुवा रोप्ने अभियान राम्रो भएको उल्लेख गर्दै आफू अध्यक्ष रहेको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको परिसरमा वृक्षारोपण गर्ने जानकारी दिनुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply