राजस्व सचिव निरीह !
काठमाडौं । अर्थमन्त्री रामशरण महतले अर्थ मन्त्रालयमा एउटै सचिवलाई बढी भार परेको भन्दै राजस्व हेर्ने गरी अलग्गै सचिवको दरबन्दी थपे पनि उनलाई न्यूनतम अधिकार नदिँदा काम प्रभावकारी हुन सकेको छैन । दुवै बराबरी हैसियतका सचिव भए पनि सुमन शर्मासँग सम्पूर्ण अधिकार छ भने नवराज भण्डारीले राजस्व र वित्तीय व्यवस्थापनको मात्र जिम्मा पाएका छन् ।
पदैले राजस्वमा जोड दिएका कारण राजस्व सचिवको काम बढीभन्दा बढी राजस्व उठाउनु हुनै नै भयो । अर्थ मन्त्रालयका क्याडरका रूपमा लामो समय काम गरेका र आफ्नो काममा काबिल मानिने सचिव भण्डारी यसमा दत्तचित्त भएर लागेकै छन् । तर, उनको मातहतका कुनै कर्मचारीले भने जस्तो काम गरेन वा उनले तोकेको राजस्वको लक्ष्य हासिल गर्न सकेन भने त्यसमाथि कारबाही गर्ने अधिकार उनलाई छैन । यतिसम्मकि कुनै कार्यालयको खरदार, सुब्बाले समेत बदमासी गर्यो वा उनलाई टेरेन भने ‘लौन सचिवज्यू, त्यसलाई सरुवा गरिदिनुपर्यो’ भन्दै उनले सचिव शर्मालाई गुहार्नुपर्छ । किनभने, भण्डारीले सम्हाल्ने राजस्वअन्तर्गतका कर्मचारीहरूलाई परिचान गर्ने प्रशासन महाशाखा शर्मा आफैँले राखेका छन् । भण्डारीको मन बुझाउनका लागि उनी मातहतका निकायका कर्मचारीका हकमा आपसी परामर्शमा निर्णय गर्ने भनिए पनि निर्णय गर्ने अधिकार सचिव शर्मासँगमात्रै भएका कारण मातहतका कर्मचारीले उनलाई नटेरे पनि फरक पर्ने कुरा भएन । अर्थ मन्त्रालयका एक अधिकारीले बुधबारसँग भने– ‘त्यसै त मातहतका कर्मचारी टेर्दैनन् भने जब सचिवसँग दण्ड वा पुरस्कार दिने कुनै अधिकार छैन भने त्यस्तो बेलामा कसरी प्रभावकारी काम हुन्छ ?’
राजस्व सचिव भण्डारीले भने सचिव शर्मासँग मिलेर काम गरिहरेको बताए । उनले बुधबारसँग भने– ‘त्यस्तो समस्या छैन । मिलेर काम गरेका छौं । जसरी पनि कामको बोझ घटाउने न हो ।’ त्यसअघि अर्थ मन्त्रालयमै सहसचिव रहेका भण्डारी गत फागुन १ गते सचिवका रूपमा नियुक्त भएका हुन् । अर्थ मन्त्रालयमा रहेका नौवटा महाशाखामध्ये सात वटा सचिव शर्मा आफैंले राखेका छन् । सहसचिव लक्ष्मण अर्यालले नेतृत्व गरेको रावस्व व्यवस्थापन महाशाखा र मधुसूदन पोखरेलले नेतृत्व गरेको वित्तीक्ष क्षेत्र व्यवस्थापन महाशाखा मात्रै सचिव भण्डारीको मातहतमा छन् । राजस्व व्यवस्थापन महाशाखाअन्तर्गत देशभरका राजस्व कार्यालयहरू पर्छन् भने वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरू पर्दछन् । तर, रोचक कुरा के छ भने वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाअन्तर्गत पर्ने नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा चाहिँ अर्थसचिव शर्मा आफैं प्रतिनिधित्व गर्छन् ।
पहिला कृष्णहरि बाँस्कोटा राजस्व सचिव हुँदा जस्तो मन्त्रीकहाँ कुनै फाइल पेस गर्नुपरेमा ‘श्रीमान् सचिवज्यू’ भन्दै पहिला सचिवकहाँ फाइल पेस गर्ने चलन भने अहिले हटाइएको छ । राजस्व सचिवले कुनै फाइल पेस गर्दा सीधै मन्त्रीलाई सम्बोधन गरेर पठाउने चलन बसालिएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले ४ खर्ब २४ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । राजस्व उठ्न तीन महिना बाँकी रहँदा अहिलेसम्म २ खर्ब ९३ अर्ब रुपियाँ राजस्व उठिसकेको छ । राजस्व सचिव भण्डारीका अनुसार, हालसम्म उठ्नुपर्ने गरी तय भएको लक्ष्य अनुसार यो रकम ९९ दशमलव ३७ प्रशित हो ।
फागुन महिनाभन्दा चैतमा राजस्व बढी उठेको छ । चैतमा तोकिएको लक्ष्यभन्दा भन्दा झन्डै पाँच प्रतिशत बढी अर्थात् १ सय ४ दशमलव ९७ प्रतिशत राजस्व उठाइसकेका सचिव भण्डारीले लक्ष्य अनुसार राजस्व उठ्नेमा आफू ढुक्क रहेको बताए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply