सुगतलाई बाटो सुगम
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष शिवशरण न्यौपानेलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
तत्कालीन पर्यटनमन्त्री भीम आचार्यले न्यौपानेलाई २०७१ साउन २२ गते अध्यक्ष नियुक्त गरेका थिए । अध्यक्षबाट बर्खास्त भएपछि न्यौपानेले नेपाल वायुसेवा निगम माफियाहरूको चंगुलमा फसेको आरोप लगाउन बाँकी राखेनन् । उनले निगमका कर्मचारीहरूको तलब खाने माध्यमका रूपमा रहेको ग्राउन्ड ह्यान्डलिङ निजी कम्पनीलाई दिने षड्यन्त्रका कारण आफूलाई हटाइएको दाबी गरे । ‘ग्राउन्ड ह्यान्डलिङ निजी कम्पनीलाई दिने कुराको म विरोधमा थिएँ, त्यसैले मलाई हटाइयो, निगम माफियाहरूको चंगुलमा फसेको छ’– न्यौपानेले भने ।
निगमका कर्मचारीहरूले समेत निगममा भइरहेका नयाँ गतिविधिले ठूलो चलखेलतर्फ संकेत गरेको प्रतिक्रिया दिएका छन् । यद्यपि, बर्खास्त गरिएका न्यौपानेलाई कर्मचारीहरूले पनि रुचाएका थिएनन् । उनले कानुनी उपचारमा जाने/नजानेबारे भने विस्तृत सल्लाह गरेर मात्रै निर्णय लिने बताए । ‘कानुनी उपचारको बाटो सबैलाई हुन्छ, मेरो लागि पनि छ, हटाइएको चिठ्ठी पाएपछि आवश्यक सल्लाह गरेर निर्णय गर्छु’– न्यौपानेले भने ।
यसले नेपाल वायुसेवा निगममा काम गर्न चाहने इच्छाशक्ति बोकेर दोस्रो पटक पुगेका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई काम गर्ने बाटो फराकिलो भएको छ । मन्त्रालयकै सचिव निगमको अध्यक्ष बनेपछि महाप्रबन्धक कंसाकारलाई काम गर्न सहज हुने अपेक्षा गरिएको छ । ‘सचिवले जिम्मेवारी लिनु भनेकै सबै कुरा हेर्न नभ्याउने हुनाले महाप्रबन्धकलाई नै विशेष अख्तियारी दिएर काम गराउनु हो–’ एक कर्मचारीले भने– ‘अब काम गर्नका लागि उहाँलाई अझ सजिलो हुन्छ ।’
विगतमा पनि अध्यक्ष र महाप्रबन्धकबीच द्वन्द्व भएर निगमले गति लिन सकेको थिएन भने एकले गर्न खाजेको काममा अर्कोले अवरोध गर्ने र असफल पार्न भूमिका खेल्न प्रचलन थियो । ‘मन्त्रालयका सचिव अध्यक्ष भएर आइसकेपछि गर्न खोजेको काममा अवरोध नहुने र कंसाकारले केही गरेर देखाउने अवसर छ’– निगमका एक उच्च अधिकारीले बताए ।
निगम सञ्चालक समितिका सदस्य टेकनाथ आचार्य, अशोकचन्द्र पोखरेल र अमरनारायण मालीको पदावधि साउन पहिलो साता सकिंदैछ । यसअघि उनीहरूलाई हटाएर निमानिरु शेर्पा, मुक्ति पाण्डे र पवित्र कार्कीलाई नियुक्त गरेको अदालतले उक्त निर्णय खारेज गरेको थियो । अब तीन जना सञ्चालक नियुक्त गर्ने बाटो पनि खुला हुनेछ । मन्त्रालयका प्रतिनिधिका रूपमा निगम सञ्चालक समितिमा बुद्धिसागर लामिछाने र शंकर खरेल सदस्य छन् ।
यसअघि निगमको नेतृत्व गरेको बेला जहाज ल्याउन खोज्दा अनेक हरकत गरेर फसाइएका कंसाकारले यस पटक चाहिँ जहाज ल्याउने र निगमलाई नयाँ उचाइमा पुर्याउने कार्ययोजना सार्वजनिक गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply