प्रचण्ड दिल्ली जाँदा बाबुरामलाई तनाव
काठमाडौं । विदेशी मित्रराष्ट्रको प्रधानमन्त्रीको निम्तोमा कुनै पनि पार्टीको अध्यक्षको भ्रमणले त्यो राष्ट्रसँग पार्टीको सम्बन्ध बिस्तारमा पक्कै पनि सहयोग पुर्याउँछ । यो उक्त पार्टी र त्यसका नेता कार्यकर्ताका लागि पनि खुसीकै कुरा हुन्छ । तर, एमाओवादीमा यस्ता पनि छन् जो आफ्नो पार्टीको अध्यक्षको विदेश भ्रमणबाट असाध्य चिन्तित छन् । ती हुन् पार्टीमा दाहालपछिकै दोस्रो मर्यादाका नेता बाबुराम भट्टराई ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हिजो भारत प्रस्थान गरेका छन् । दाहालको भारत भ्रमणले नेता भट्टराई बढी नै चिन्तित भएका छन् । भारतसँग दाहालको पनि सम्बन्ध कतै बलियो हुने हो कि भन्ने चिन्ताले उनलाई सताएको बताइन्छ । नेपाली राजनीतिमा सबैलाई थाहा भएको कुरा हो कि, भारत भ्रमणमा जाँदा भट्टराईले चेलीले माइती जाँदा जस्तै खुसीको अनुभूति गर्छन् । भारतको सच्चा प्रतिनिधि आफू हुँ भन्ने देखाउन पाउँदा सबैभन्दा गर्वको अनुभूति गर्छन् । भारतको विश्वासपात्र आफू मात्र बनौं भन्ने उनको लोभकै कारण पार्टी भित्रैबाट उनलाई भारतपरस्तका रूपमा चित्रण गरिन्छ । यसलाई पुष्टि गर्न त्यही किसिमका व्यवहार र हाउभाउ प्रदर्शन गर्न उनी कत्ति पनि अप्ठेरो मान्दैनन् पनि । गत फागुनमा भारत भ्रमण गर्दा उनले आफ्ना गुरु एसडी मुनी र नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणलाई दायाँ बायाँ राखेर नेपालका राजनीतिक दलको सत्तोसराप गरे । भट्टराई हाम्रा असल मित्र हुन भन्ने देखाउन भारतीय पत्रिका हिन्दू, हिस्दुस्थान टाइम्सलगायतले उनका विचारलाई प्राथमिकताका साथ प्रकाशन गरे । भारतसँगको यो सम्बन्धमा कमी नआओस् भन्ने चाहन्छन् भट्टराई । भारतलाई खुसी नपारेसम्म नेपालको राजनीतिमा जम्न नपाइनेरहेछ भन्ने तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाल प्रकरणमै बुझेका प्रचण्ड पनि भारतसँगको सम्बन्ध बलियो बनाउनचाहन्छन् । यो भ्रमणलाई सम्बन्ध सुधारमा भरपुर उपयोग गर्ने दाउमा छन् प्रचण्ड । यो कुराले सबैभन्दा बढी झस्का भट्टराईलाई परेको बताइन्छ । प्रचण्डसँग भारतको सम्बन्ध सुधार हुँदा पार्टीमा प्रचण्डले आफूलाई अहिले जति पनि नपुछ्ने राम्रैसँग बुझेका भट्टराई कसरी हुन्छ भारत र प्रचण्डलाई एउटा दूरीमा नै राख्न चाहन्छन् । स्रोतले भन्यो– ‘भट्टराईको यही चाहनाको रूप गत आइतबार पार्टीनिकट विद्यार्थी संगठनले गरेको कार्यक्रममा प्रकट भएको हो ।’
प्रचण्डको दिल्ली भ्रमणको मुखमा दुई नेताबीच सार्वजनकि रूपमा सवाल–जवाफ हुनु र छुट्टै भेलासमेत गरेर प्रचण्डमाथि विषवमन गर्नुका पछाडि भट्टराईको नियोजित योजना भएको बताइन्छ । भ्रमणको मुखमा हुने यस्ता गतिविधिलाई लिएर भारतले ‘तपार्इंले पार्टीभित्रको समस्या त मिलाउन सक्नुभएन’ भनेर एक खालको दबाब सिर्जना गर्ला भन्ने विश्वासकै कारण भट्टराईले प्रचण्डमाथि खुलेआम प्रहार गरेको बताइन्छ । नेतृत्व हस्तान्तरणमा कुनै रुचि नदेखाएको, प्राधिकरणको नेतृत्व दिलाउने कुरामा कुनै वास्ता नगरेका कारण उनी चिढिएकाले यस्ता असन्तुष्टि आएको बताइन्छ । तर, ती असन्तुष्टि पनि प्रचण्डको भारत भ्रमणको मुख पारेर छताछुल्ल पार्नुको पछाडि अरू कुनै कारण नभएर ‘बाबुरामलाई पनि मिला’ भन्ने भारतीय दबाब प्रचण्डलाई परोस् भन्ने रहेको स्रोतले बतायो । नेपालको राजनीतिमा खास भूमिका प्रदर्शन गर्न सक्ने भारतीय बुद्धिजीवीसँग प्रचण्डको भेटघाट र सम्बन्धमा तगारो हाल्न भट्टराईले आफ्नो खुफिया संयन्त्रमार्फत सक्दो पहल गरिसकेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply