चित्रलेखाले हात हालेपछि…..
काठमाडौं । कांग्रेसभित्र पढेलेखेकी, संघर्षशील, राम्रो वाककला भएकी र राष्ट्रियताका मामिलामा समेत राम्रो दृष्टिकोण भएकी भनेर चिनिने चित्रलेखा यादव शिक्षामन्त्री भएपछि उनी एकपछि अर्को विवादमा पर्ने गरेकी छन् । कांग्रेस कोषाध्यक्षसमेत रहेकी यादवका ती सबै गुणलाई नगदनारायणले निलिदिएको एउटा उदाहरण बनेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ।
शिक्षामन्त्री अध्यक्ष रहने उक्त संस्थामा कार्यकारी प्रमुख सदस्य–सचिव हुन्छ, जुन पदमा दुई वर्षअघि खुला प्रतिस्पर्धाबाट छानिएका डा. रामहरि लामिछाने कार्यरत छन् । हालै उपाध्यक्षबाट डा. गोपाल खनालले चारबर्से अवधि पूरा गरेर बिदा लिएपछि खाली रहेको उक्त पदमा लिलाम बढाबढकै शैलीमा नियुक्ति नहोला भन्ने त त्यहाँका कर्मचारीलाई पनि लागेको थिएन तर त्यसकै आधारमा त्यहीँकै कर्मचारीलाई उपाध्यक्ष बनाइएला भन्ने चाहिँ उनीहरूले पनि सोच्न भ्याएका थिएनन् । कहिले आफ्ना पति श्रीकृष्ण यादवमार्फत रकम उठाएको भनेर आलोचित हुने र कहिले दातासँग छोरी र श्रीमान्का लागि समेत टिकट मगाएर विदेश जाने भनेर चर्चित मन्त्री यादवले त्यहीको निर्देशक तहमा कार्यरत कुलबहादुर बस्नेतलाई उपाध्यक्ष बनाएर सबैलाई चकित बनाएकी छन् । आश्चर्यको कुरा के भएको छ भने गत शुक्रबारसम्म यस्तो यस्तो काम गर्नूस् त बस्नेतजी भनेर उनलाई काम लगाउने सदस्य–सचिव लामिछानेले अब सर भनेर नमस्कार गर्नुपर्ने भएको छ । कार्यकारी अधिकार नभए पनि पदीय हिसाबले सदस्य–सचिवभन्दा उपाध्यक्ष माथिल्लो पद हो । नियमावलीले सदस्य–सचिवलाई कार्यकारी प्रमुख किटान गरेर आर्थिक, प्रशासनिकलगायतका सबै अधिकार दिएको छ भने उपाध्यक्षलाई नीतिगत विषय तोकेको छ ।
अझ रोचक कुरा के छ भने दुई वर्षअघि तत्कालीन शिक्षामन्त्री माधव पौडेलले पूर्वसचिव बालानन्द पौडेलको अध्यक्षतामा समिति बनाएर सदस्य–सचिवका लागि खुला प्रतिस्पर्धा गराउँदा बस्नेतले पनि दरखास्त दिएका थिए । तर, उनले न्यूनतम योग्यता पनि पुर्याउन नसक्दा अन्तिम तीन जनामा पनि छानिन सकेका थिएनन् । त्यतिबेला अन्तिम तीन जनामा परेकामध्ये डा. लामिछाने सदस्य–सचिव नियुक्त भए भने शिवशंकर घिमिरे परीक्षा नियन्त्रक छन् । अर्का प्रतिस्पर्धी जीवतकुमार श्रेष्ठ चाहिँ एसिया डेभलपमेन्ट प्रोजेक्टका हाकिम छन् । अहिले उपाध्यक्ष नियुक्त बस्नेतले चाहिँ मन्त्री यादवलाई रिझाएर तुलनात्मक रूपमा आकर्षक मानिने सीप विकास महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सीटीईभीटीमा बस्नेत जस्तै प्रथम श्रेणीका ११ जना निर्देशक छन् ।
बस्नेतले छोडेको सीप विकास महाशाखामा जान अरू निर्देकहरूबीच प्रतिस्पर्धा चलेको छ । त्यहीँ कार्यरत प्रथम श्रेणीकै यम भण्डारीले आफूले स्वत: पाउनुपर्ने दाबी गरेका छन् भने तालिम महाशाखाका महेश भट्टराई पनि सक्रिय बनेका छन् । त्यसैगरी, योजना महाशाखाका जीवनारायण काफ्ले, पोलिटेक्निक महाशाखाका टेकबहादुर मल्ल, पाठ्यक्रम महाशाखाका दीपक पौडेल, सूचना तथा अनुसन्धान महाशाखाका जीवनचन्द्र दाहाल पनि दौडमा छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply