निरुको घमण्डले नेता नै छक्क
काठमाडौं । केपी ओली अध्यक्ष भएपछि एमालेप्रति बढेको आकर्षणमा बार खडा गर्दै युवा संघलाई विवादित बनाइरहेकी निरु पालले संघका इन्चार्ज शेरधन राईबाट विवाद समाधानका लागि अघि सारिएका कुनै पनि प्रस्ताव नमानेपछि नेताहरू नै छक्क परेका छन् । साउन २२ गतेका लागि दुवै पक्षले केन्द्रीय कमिटीको समानान्तर बैठक बोलाएकाले त्यसअघि नै विवाद समाधान गर्ने प्रयास भने राईले छोडेका छैनन् ।
गत माघमा एजेन्डा नै तय नगरी स्थायी समितिको बैठक बोलाएर महेश बस्नेतले राजीनामा दिएको र निरु पाल अध्यक्ष भएको घोषणा गरिएपछि उपाध्यक्ष दिलु पन्तको नेतृत्वको समूहले अस्वीकार गर्दै आएको छ । उनीहरूले केन्द्रीय समितिको बैठकबाट अध्यक्ष चयन गर्नुपर्ने माग गर्दै निरुलाई अवैध भन्दै आएका छन् । यता, निरुले आफू निकटस्थहरूको समेत बैठक बसाल्न नसकी वक्तव्य निकालेर असन्तुष्टहरूलाई कारबाही गरेको घोषणा गरेकी छन् ।
स्रोतका अनुसार, युवा संघ इन्चार्ज राईले समाधानका लागि चार विकल्प अध्यक्ष केपी ओलीसमक्ष पेस गरेका छन् । पहिलोमा, निरुले कार्यबाहक अध्यक्षका हैसियतले केन्द्रीय कमिटीको बैठक बोलाउने र त्यसबाट अध्यक्षको निर्वाचन गर्ने, दोस्रोमा निरुबाहेक उपाध्यक्षमध्येबाट अध्यक्ष चयन गर्ने, तेस्रोमा कार्यबाहक अध्यक्ष निरुलाई नै मानेर अधिवेशन घोषणा गर्ने र चौथोमा उपाध्यक्षहरूलाई बिदा दिएर नयाँ व्यक्तिको अध्यक्षतामा आयोजक कमिटी बनाउने । तर, निरुले भने यीमध्ये कुनै पनि विकल्प स्वीकार नगरेका कारण निर्णय लिन अप्ठेरो परेको बताइन्छ ।
एमालेभित्र विकासवान् युवा नेताको छवि बनाएका पोलिटब्युरो सदस्य राईलाई अध्यक्ष ओलीको नाम भजाउँदै निरु पालहरूले खडा गरेको व्यवधानले खिन्न बनाएको छ । सार्वजनकि रूपमा त्यति प्रतिक्रिया नदिने राईको कथन छ– ‘विवाद समाधानका लागि कोसिस भइरहेको छ । सबै पक्षले सहयोग गरे मात्रै समाधान निस्किने हो ।’ निरेशलाल सिंहको नेतृत्वमा एक टोलीले सोमबार इन्चार्ज राईलाई भेटेर छिटो विवाद समाधान गर्न आग्रह गरेको थियो ।
गत साता निरु, उमेर हदका कारण युवा संघका बिदा हुनै लागेका महासचिव राजीव पहारी, माधव बास्तोलालगायतको टिम उपाध्यक्ष विद्या भण्डारीलाई भेट्न पुगेको थियो । उनीहरूले त्यहाँ कर्ण थापा, शेरधन राईहरूको विरोध गरेपछि दह्रो हप्काइ भेटेर फर्किनुपरेको थियो । त्यसपछि राजीव, किरण पौडेलहरूको टोली अर्का उपाध्यक्ष वामदेव गौतमकोमा पुग्दा एमाले पहिलो पार्टी बन्न लागेको बेला विवाद सिर्जना गरेर मान्छे रोक्ने ? युवा संघको विवाद ल्याएर मेरोमा आउँदै नआउनू भन्ने कडा चेतावनी पाएको थियो । युवा संघका यति धेरै अस्तव्यस्तता हुँदा पनि एमालेले चासो नदेखाएकोमा आश्चर्य मानिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply