यिनलाई जागिरभन्दा डीभी–पीआर प्यारो
काठमाडौं । सरकारी जागिर वा विदेशको डीभी पीआरमध्ये एक रोज्ने गरी सरकारले विधेयक ल्याएपछि सरकारी जागिर छोड्ने क्रम सुरु भएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, साउन १० गतेसम्म अनेक कारण दर्शाउँदै राजीनामा दिने ८३ कर्मचारीमध्ये कम्तीमा ४० जनाले विदेशी डीभी पीआरका कारण राजीनामा दिएको पत्ता लागेको छ ।
स्रोतका अनुसार, खरिदारदेखि सहसचिव तहसम्मका कर्मचारीले स्वदेशको सरकारी जागिरभन्दा विदेशको डीभी पीआर रोजेका छन् । त्यसरी रोजेर राजीनामा दिनेमा सहरी विकास मन्त्रालयका सहसचिव महेन्द्र सुब्बा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृत योगेन्द्र शर्मा ओझा, तातोपानीका भन्सार अधिकृत केदारप्रसाद कोइराला, मध्यमाञ्चल सिँचाइ विकास सबडिभिजन नं. २ मकवानपुरका सिनियर डिभिजनल इन्जिनियर रघुनाथ श्रेष्ठ छन् ।
यसैगरी, उद्योग मन्त्रालयका उपसचिव गोपालकृष्ण कोइराला, प्युठान सडक कार्यालयका कार्यालय सहायक दामबहादुर जिसी, जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँकी अनमी धनमाया थापा, सिन्धुपाल्चोक जिल्ला अदालतका शाखा अधिकृत राजेन्द्रप्रसाद भट्टराई, नापी कार्यालय दाङका लेखापाल पुरुषोत्तम अधिकारी, काठमाडौं जिल्ला विकास समितिका शाखा अधिकृत दिनेशमान श्रेष्ठ, भक्तपुर अस्पतालकी कन्सल्टेन्ट अप्टेटिसियन अमिला श्रेष्ठ, सुनसरी जिल्ला वन
कार्यालयका सहायक वन अधिकृत इन्द्रदेव साह, क्षेत्रीय प्रशासन कार्यालय दिपायलका कम्प्युटर अधिकृत गणेशप्रसाद ओझा, रक्षा मन्त्रालयकी शाखा अधिकृत सरिता पोखरेल (चन्द), बागलुङका बाली संरक्षण अधिकृत प्रकाशराज कुँवर र सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव गोपाल कटुवाल क्षेत्री छन् ।
यसैगरी जिल्ला अस्पतालकी स्टाफ नर्स गंगा मानन्धर, सुनसरी भन्सारका शाखा अधिकृत यादवप्रसाद भट्टराई, कालिकाकोट स्याङ्जाकी अनमी होमकला भुर्तेल, केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्र खुमलटारका नायब सुब्बा रमाकान्त सापकोटा, भोजपुरका पशुसेवा प्राविधिक राजकुमार राई, सर्वोच्च अदालतका इजलास अधिकृत यादवराज पोखरेल, सडक विभागका अपरेटर अफिसर राजु श्रेष्ठ, क्षेत्रीय कृषि कार्यालय ललितपुरका अधिकृत कुलप्रसाद सुवेदी र राजस्व अनुसन्धान पथलैयाका नायब सुब्बा दीपबहादुर अधिकारी छन् ।
सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार राजीनामा दिनेमध्ये अधिकांशले घरायसी कारण जनाएका छन् भने कतिपयले स्वास्थ्यको कारण उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply