ओलीले भने– ‘दुई दिदीबहिनी मिल्नूस्’
काठमाडौं । पार्टीको भ्रातृ संगठन युवा संघको विवादमा लामो समयसम्म मौन रहँदै आउनुभएका नेकपा (एमाले) अध्यक्ष केपी ओलीले शुक्रबार बेलुकी संस्थापन र असन्तुष्ट दुवै पक्षका नेतृलाई आफ्नै निवासमा बोलाएर विवाद मिलाउन निर्देशन दिनुभयो ।
अध्यक्ष निरु पाल र असन्तुष्ट उपाध्यक्ष दिलु पन्तलाई आफ्नै निवासमा बोलाएर कुराकानी गर्नुभएका ओलीले लामो समय पन्तलाई सम्झाउनमा खर्च गर्नुभएको थियो । ‘दुई दिदी–बहिनी मिलेर युवा संघको विवाद मिलाउनूस््’– अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पन्तले भनिन्– ‘संगठनमा यसरी विवाद बढ्नु राम्रो होइन, कसरी यो विवाद मिलाउनुहुन्छ, तपाईंहरू आफैं बसेर त्यसको खाका लिएर आउनूस् ।’ तपाई पार्टीको केन्द्रीय कमिटीमा आउनुपर्ने मान्छे हो तर परिस्थितिले गर्दा तपाईं बाहिर पर्नुभयो भन्दै अध्यक्ष ओलीले सम्झाउनुभएको पन्तले बताइन् । ‘अहिले युवा संघको विवाद मिलेर समाधान गर्नूस्, पार्टीले तपाईंलाई उचित समयमा उचित जिम्मेवारी दिन्छ’– अध्यक्ष ओलीको भनाइ थियो ।
ओलीले अहिले आफू पार्टीलाई राष्ट्रिय राजनीतिमा पहिलो नम्बरको पार्टी बनाउन लागेकाले युवा संघको विवादमा धेरै ध्यान दिन नपाएको बताउनुभएको थियो । ‘अहिले तपाईंले पनि दु:ख पाउनुभएको छ, मिल्यो भने तपाईंले पनि दु:ख पाउनुहुन्न, मिलेर आउनुभयो भने हाम्रो पनि सधैं सहयोग रहन्छ’–ओलीको भनाइ उद्धृत गर्दै पन्तले भनिन् । पन्तले भने ०७१ माघ २१ गते भएको निणर्य विधानविपरीत भएकाले त्यसलाई सच्चाउनुपर्ने बताएकी थिइन् । पाँच जना पदाधिकारी विधानविपरीत मनोनीत गरेको भन्दै पन्त नेतृत्वको समूहले असन्तुष्टिजनाउँदै आएको छ । आफ्ना कुरा सुनेपछि अध्यक्ष ओलीले ‘यो पनि तपार्इंकै घर हो, फेरि बसांैला’ भन्दै बिदा गरेको पनि पन्तले बताइन् । साँझ ७ बजे ओली निवास पुगेका उनीहरू राति १० बजे त्यहाँबाट फर्किएका थिए ।
१ वर्षभन्दा लामो समयदेखि झन्डै पानी बारबारको अवस्थामा रहेका दुई नेतृ पाल र पन्त अध्यक्ष ओलीलाई भेट्न सँगै एउटै गाडीमा चढेर गएका थिए । पालले भनिन्–‘हामी सँगै एउटै गाडीमा गएका थियौं, फर्कंदा पनि सँगै फर्कियौं ।’ भेटमा भएको कुराबारे पालले भने बताउन चाहिनन् । ‘विवाद मिल्ला–मिल्ला जस्तो छ, सबै कुरा मिलेपछि कुरा गरौंला’– उनले भनिन् । स्रोतका अनुसार महासचिव राजीव पहारीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरेर युवा संघको विवाद मिलाउने प्रयास भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply