साँझ–बिहान दूतको दौड
काठमाडौं । बारम्बार लम्बिएको संविधान निर्माण यस पटक गरेरै छोड्ने अभियानको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी ओलीको व्यस्तता झन् बढेको छ । संविधानसभामा तीन दलले संयुक्त संशोधन दर्ता गरेलगत्तै अध्यक्ष ओलीसँग छिमेकी दुवै देशको नजर गाढा बनेको छ ।
शनिबार राति तीन दलले संयुक्त संशोधन दर्ता गरेपछि संविधान आउने पक्कापक्की ठानेर उत्तरी र दक्षिणी दुवै छिमेकीले ओलीसँग लामो परामर्श गरेका छन् । ओलीलाई भेट्न चिनियाँ राजदूत ऊ चुन्ताई आइतबार बिहान १० बजे ओली निवास बालकोट पुगेका थिए । बाहिर नल्याइएको छलफलका क्रममा राजदूत चुन्ताईले संविधान जारीकसरी हुन्छ ? जारी भएपछि मधेसीले के कस्तो उत्पात मच्चाउँछन् जस्ता विषयमा चासो राखेका थिए ।
सोही साँझ भारतीय राजदूृत रञ्जित राय अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । यसअघिको एक भेटमा खरो कुरा भएपछि ओलीसँग बोल्दा विशेष सतर्कता अपनाउँदै आएका राजदूत रायले संविधान बन्न लागेकोमा खुसी प्रकट गर्दै त्यसप्रति आफ्नो मुलुकको सहयोग रहने बताएका थिए । स्रोतका अनुुसार, उक्त दिन अध्यक्ष ओली र राजदूत रायबीच निकै सौहार्द कुराकानी भएको थियो ।
अध्यक्ष ओलीसँग यसबीचमा अरू पनि कूटनीतिक भेटघाटहरू भइरहेका छन् । संविधान बनेको सात दिनभित्र सुशील कोइरालाले राजीनामा दिएपछि प्रधानमन्त्रीका स्वाभाविक दाबेदार मानिएका ओलीसँगै अहिल्यै कुरा गरेर भावी परिस्थितिको आँकलन गर्न चाहने कूटनीतिज्ञहरूको संख्या बाक्लिँदै गएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply