संविधानमा सुटुक्क कराँैती आफ्नै नेतामाथि आरोप
काठमाडौं । संविधानको मस्यौदामा भएको एउटा व्यवस्था संविधानसभाबाट पारित भएको संविधानमा नदेखेपछि शीर्ष नेताहरू नै अचम्भित भएका छन् । शीर्ष नेताले नै पत्तो नपाउने गरी मस्यौदा संविधानमा भएको व्यवस्था कसले किन हटायो र सुटुक्क अर्को नयाँ एक हरफ किन घुसायो ? अहिले नेताहरूबीच चर्चा भइरहेको छ ।
तर, त्यही व्यवस्थाका कारण शीर्ष नेताहरूको एउटा झन्झट भने कम भएको छ । मन्त्री माग्नेहरूको संख्या त्यही कारणले काम भएको छ । मस्यौदा संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्थाबारे उल्लेख छ । यस अन्र्तगत धारा २८८ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ, जहाँ नयाँ संविधान बमोजिम प्रतिनिधिसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था अन्तरिम संविधान ०६३ बमोजिम हुने भन्ने उल्लेख थियो । अन्तरिम संविधानले गैर सभासद्लाई मन्त्री हुन कुनै रोक लगाएको थिएन । मस्यौदा संविधानको यो व्यवस्थामा करौंती नलगाइएको भए चुनाव हारेका वा सभासद् भन्दा बाहिरकाले पनि मन्त्री हुन पाउने थिए ।
तर, मस्यौदा संविधानमा भएको यो व्यवस्था तीन दलका शीर्ष नेताले पनि पत्तो नपाउने गरी संविधानबाट हटाइएको छ । यो व्यवस्था सुटुक्क हटाएर मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्थामा नयाँ प्रावधान छिराइएको छ, जहाँ प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्दा सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका–संसद्का
सदस्यहरूमध्येबाट नियुक्त गर्नुपर्ने उल्लेख छ ।
मस्यौदा संविधानमा भएको व्यवस्थामा लगाइएको करौंतीका कारण अहिले एमाओवादीभित्र किचलो बढेको बताइन्छ । करौती कसले लगायो भन्ने खुलेको छैन तर एमाओवादीभित्र नेताहरूबीच यसबारेमा आरोप–प्रत्यारोप चलेको बुझिएको छ । एमाओवादी स्रोतका अनुसार, पूर्वलडाकु नन्दकिशोर पुन र निर्वाचन हारेका वर्षमान पुनलाई मन्त्री बनाउनुपर्ने दबाब अध्यक्ष प्रचण्डलाई थियो । उनीहरूलाई मन्त्रीबाट संसद सदस्य रहेका नेता शक्ति बस्नेत, जनार्दन शर्मालगायतले खेलेको आरोप पार्टीभित्रैबाट लागेको छ । मस्यौदाको मिलाउने क्रममा उनीहरूकै योजनामा मस्यौदामा भएको व्यवस्था हटाएर बन्देजकारी नयाँ व्यवस्था घुसाएको आरोप बस्नेत र शर्मामाथि लागेको माओवादी स्रोतले बतायो ।
मस्यौदा संविधानको उक्त व्यवस्थामा करौंती लगाउँदाको मारमा एमालेका केही नेता पनि परेका छन् । एमाले स्थायी कमिटी सदस्यमध्ये अहिलेसम्म राजकीय जिम्मेवारी नपाएका सचिव योगेश भट्टराईलाई संविधान जारी भएपछि बन्ने सरकारको मन्त्रीका रूपमा हेरिएको थियो । तर, संसद् सदस्य हुनैपर्ने व्यवस्थाले उनलाई रोकेको छ । त्यस्तै, मन्त्री बन्ने चर्चामा रहेका महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, स्थायी समितिका सदस्य शंकर पोखरेललगायतका नेता पनि चुनाव हारेका कारण मस्यौदा संविधानमाथिको करौंतीका कारण रोकिने भएका छन् ।
सांसद मात्र मन्त्री हुने भन्ने सुटुक्क थपिएको व्यवस्थाले संसद् सदस्यहरू भने खुसी छन् । यो व्यवस्थासँगै पार्टीभित्र सम्भावित मन्त्रीहरूको चर्चा पनि सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कमिटीका अधिकांश नेता संसद् पनि भएकाले यो प्रावधानबाट मन्त्री हुन रोकिने धेरै नेता त्यहाँ छैनन् ।
पार्टी सरकारमा गएमा सांसद पनि थोरै भएको र मन्त्री हुन सांसद नै हुनुपर्ने व्यवस्थाका कारण एमाओवादीका सांसद धेरै उत्साहित भएको बताइन्छ । पार्टीको कोषाध्यक्षसमेत रहेका हरिबोल गजुरेल यसचोटी मन्त्री हुनेमा ढुक्क छन् । मन्त्री त निश्चित भएको तर पार्टीको तर्फबाट सरकारमा आफैंले नेतृत्व गर्न पाउनुपर्ने दाबीसमेत गर्ने मुडमा उनी भएको बताइन्छ । सांसदमध्येमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीले पकट–पटक अवसर पाएको र उनीहरूपछिको वरिष्ठ आफूले केही नपाएको भन्दै उनले पार्टीको तर्फबाट सरकारमा नेतृत्वको दाबी गर्ने भएका हुन् । तर, पार्टी परित्याग गरेका नेता बाबुराम भट्टराई निकट भनेर चिनिने रायमाझी उपप्रधानमन्त्रीमा बार्गेनिङ गरिरहेको बताइन्छ । उनीहरूबाहेक राम कार्की, उमेश यादव, कमला दोङ, धनमाया बिकलगायतको नाम सम्भावित मन्त्रीका रूपमा चर्चामा छ ।
सम्बन्धित समाचार
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- प्रधानमन्त्री ओलीले पठाए मोदीलाई नेपाल भ्रमणको निम्तो
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
Leave a Reply